दाङ। दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन्। बन्दाबन्दीको चार महीनापछि होटल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन। व्यवसाय फस्टाउन नसक्दा होटलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन।
व्यवसाय तत्काल फस्टाउने अवस्था नभएपछि होटलमा आधा जनशक्तिले मात्रै काम चलाइएको होटल सञ्चालकले बताएका छन्। घोराहीस्थित होटल सिटी प्लाजाका प्रबन्धक कमल सुवेदीका अनुसार भर्खरै खुलेका होटलमा रेष्टुरेन्ट र लज कुनै चलेको छैन। “व्यापार छैन, २२ जना श्रमिकमध्ये अहिले १२ जनाले मात्रै काम चलाएका छौँ, बाँकी श्रमिक घरमै बेतलवी बस्नुभएको छ”, सुवेदीले भने।
अहिले तत्कालको अवस्था सहज नदेखिएकाले केही समय घरमै बस्न भने पनि समस्या परेकालाई सहयोग गरिएको सुवेदीले बताए। होटल व्यवसाय फस्टाउन नसक्दा होटलमा काम गर्ने श्रमिकको रोजगारी गुमेको छ। श्रमिकलाई सम्पर्कमै राखेको तर बिदाको तलब दिन नसकिएको घोराहीकै होटल डोकोका प्रबन्धब वसन्त जीएमले बताए।
होटलमा २१ श्रमिक रहेकामा अहिले नौ जनालाई मात्रै काम दिइएको छ। दाङमा सानाठूला गरी करीब एक हजार ३०० होटल छन्। कोरोनाले निम्त्याएको सङ्कटले ७६ होटल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ। रासस
" /> दाङ। दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन्। बन्दाबन्दीको चार महीनापछि होटल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन। व्यवसाय फस्टाउन नसक्दा होटलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन।व्यवसाय तत्काल फस्टाउने अवस्था नभएपछि होटलमा आधा जनशक्तिले मात्रै काम चलाइएको होटल सञ्चालकले बताएका छन्। घोराहीस्थित होटल सिटी प्लाजाका प्रबन्धक कमल सुवेदीका अनुसार भर्खरै खुलेका होटलमा रेष्टुरेन्ट र लज कुनै चलेको छैन। “व्यापार छैन, २२ जना श्रमिकमध्ये अहिले १२ जनाले मात्रै काम चलाएका छौँ, बाँकी श्रमिक घरमै बेतलवी बस्नुभएको छ”, सुवेदीले भने।

">