बीमा कम्पनीले कर्मचारीलाई आलोपालो काममा लगाउनुपर्ने <p>काठमाडौं। बीमा कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई आलोपालो काममा लगाउनुपर्ने भएको छ।</p> <p>कोरोना संक्रमण बढिरहँदा बीमा समितिले निर्देशन जारी गर्दै ५० प्रतिशत कर्मचारीबाट मात्रै कार्य सम्पादन गराउन निर्देशन दिएको छ।</p> <p>बीमा कम्पनीका कर्मचारीलाई एकैपटक काममा बोलाउँदा कार्यालयमा भीडभाड हुने र कोभिड-१९ संक्रमणको जोखिम हुने भएकाले कर्मचारीलाई आलोपालो काममा लगाउन भनेको हो।</p> <p>सरकारले सवारीसाधनमा जोरबिजोर प्रणाली अपनाइसकेकाले कार्यालयसमेत यस्तो निर्णय गरिएको बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्