काठमाडौं। कोरोना सङ्क्रमणको महामारीका कारण नेपालको विज्ञापन बजार पनि नराम्ररी प्रभावित भएको छ। लकडाउनयता नेपाली विज्ञापन बजार ८० प्रतिशतसम्म घटेको नेपाल विज्ञापन संघ (आन) ले जनाएको छ।
आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशतसम्म गिरावट आएको बताए। तर लकडाउन खुलेसँगै भने विज्ञापन बजार ५० प्रतिशत सुधारिएको उनले जानकारी दिए।
विज्ञापन घट्दाको प्रभाव सबैभन्दा धेरै पत्रपत्रिकामा परेको छ। रेडियो टेलिभिजनमा भने त्यति धेरै प्रभाव देखिएको छैन।
आर्थिक वर्ष २०७५/०७६ मा करिब १२ अर्ब बराबरको व्यापार विज्ञापन बजारले गरेको थियो। त्यसमध्ये ५ अर्बको कारोबार होडिङ बोर्ड र भित्ते लेखनमा भएको थियो भने बाँकी ७ अर्ब बराबरको कारोबार सञ्चार माध्यम मार्फत भएको थियो।
तर गत आर्थिक वर्षमा सञ्चार माध्यममा ५ अर्ब बढीले व्यापार घटेर २ अर्बमा सीमित भएको रिजालले जानकारी दिए। त्यस्तै होडिङ बोर्डमा १ अर्ब बराबरको विज्ञापन भएकाले समग्रमा ७० प्रतिशत भन्दा बढी कारोबार घटेको उनले बताए।
चालु आर्थिक वर्षमा ८ अर्बको विज्ञापन बजार निर्माण हुने अपेक्षा गरिएको छ। तर यहि अवस्था रहेमा औषतमा ५० प्रतिशत कारोबार हुन सक्ने रिजालको भनाइ छ। जसमध्ये सञ्चार माध्यमले ४० प्रतिशत भन्दा बढी रकम कन्टेन्टका लागि खर्च गर्ने भएकाले बाँच्न गाह्रो हुने पनि रिजालले बताए। त्यसैले सरकारले नै विज्ञापन बजारको वातावारण निर्माण गर्न विशेष पहल गर्नुपर्ने रिजालको भनाइ छ।