काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनमा चिनीको मौज्दात घटेर एक हजार मेट्रिक टनभन्दा कम भएपपछि आयातको प्रक्रिया शुरू गरिएको छ। सरकारले विदेशबाट २० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले टेन्डर प्रक्रिया अगाडि बढाएको हो।
टेन्डर आह्वान भइसकेकाले आगामी एकदेखि डेढ महीनाभित्र चिनी नेपाल आइसक्ने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले बताए। तर, चिनी आयातको लागि टेण्डर भइसकेको भने छैन। सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पनि विदेशबाट चिनीको आयात गर्ने अनुमति दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले व्यापार कम्पनीलाई १० हजार र कर्पोरेसनलाई २० हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिइएको बताइन्। जसअनुसार, कर्पोरेसनले टेन्डर प्रक्रिया अगाडी बढाइसकेको र व्यापार कम्पनी टेण्डर प्रक्रिया अगाडी बढाउने तयारीमा छ।
व्यापार कम्पनीले ल्याउने १० हजार मेट्रिक टन चिनी भने तिहारसम्मा आइपुग्ने कम्पनीले बताएको छ। कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले टेन्डर प्रक्रिया अगाडि बढाउँदा र अन्य प्रक्रिया पुर्याँदा आयात गर्न समय लाग्ने बताइन्।
थप २० हजार मेट्रिक चिनी अपुग
नेपालमा वार्षिक २ लाख ६० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ। दैनिक करिब ७१५ किलो चिनी खपत हुन्छ। यस्तै, ४ जनाको परिवारले एक वर्षमा १० किलो सम्म चिनी खपत गर्दै आएको चिनी उत्पादक संघको तथ्यांक छ। नेपालमा चाडबाडको समयमा चिनीको खपत बढ्ने गरेको छ।
चालू आर्थिक वर्षमा उद्योगीहरूले ठूला चाडपर्व आउनुभन्दा २ महीना अगाडि नै सरकारलाई ५० मेट्रिकटन चिनी कम हुने जानकारी गराएको संघका महासचिव राजेश केडियाले बताए। उनले भने, “यो वर्ष नेपाली उद्योगहरूबाट उत्पादित चिनीले नेपालको माग नधान्ने भएपछि हामीले ५० हजार मेट्रिकटन चिनी आयात गर्नुपर्ने जानकारी गराएका थियौं।”
उनका अनुसार यस वर्ष नेपालका चिनी उद्योगहरूले करिब २ लाख मेट्रिक टन मात्रै चिनी उत्पादन गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ७३ रूपैयाँमै चिनी बेच्दै आएको छ।
किन बढ्यो मूल्य ?
अहिले व्यापारीहरूले चिनीको मूल्य प्रतिकिलो १५ रूपैयाँसम्म बढाएका छन्। चाडबाड नजिकिएपछि व्यापारीहरूले चिनी लुकाउने र मूल्य बढाउने गर्दै आएका छन्। यसअघि ८०/८५ रूपैयाँमै पाउने चिनी अहिले ९५ देखि १०० रूपैयाँसम्म पुगेको छ। चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल व्यापारीहरूले बिनाकारण चिनीको मूल्य बढाएको बताउँछन्।
उद्योगहरूले मूल्य नबढाए पनि व्यापारीले भने मनोमानी रूपमा चिनीको मूल्य बढाएका हुन्। तर, संघका महासचिव केडिया भने चिनीको मूल्य बढ्नु स्वभाविक भएको दावी गर्छन्। यसअघि चिनीको मूल्य सस्तो भएको र अहिले बढेर मूल्य सन्तुलन भएको केडियाको दावी छ।
केडियाले भने, “बोर्डर पूर्ण रूपमा बन्द हुँदा सीमा क्षेत्रमा बस्ने वासिन्दाले पनि नेपाली चिनी खपत गर्न थालेका छन्। यसले गर्दा स्वदेशी चिनीको माग बढेको छ।”
यसो भन्छन् उपभोक्ता अधिकारकर्मी
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको हेलचेक्र्याइका कारण बजारमा चिनीको मूल्य बढेको बताउँछन्। उनले सरकारी निकायले पहिलेदेखि नै तयारी गरेको भए अहिले बजारमा चिनीको मूल्य प्रतिकेजी १५ रूपैयाँसम्म नबढ्ने बताए।
यस्तै, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्याेती बानियाँले सरकारले चिनी लगायत तरकारी र खाद्यान्नको मूल्य नियन्त्रण गर्न नसकेको बताए। उनले अन्य देशमा सरकारले स्वास्थसँगै खाद्यान्नलाई पनि प्राथमिक्तामा राखेर काम गर्ने भएपनि नेपालमा त्यसो नभएको बताए। स्वास्थसँगै खाद्यान्नलाई प्राथमिकतामा नराख्दा चिनीको मूल्य बढेको उनको भनाइ छ।
" /> काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनमा चिनीको मौज्दात घटेर एक हजार मेट्रिक टनभन्दा कम भएपपछि आयातको प्रक्रिया शुरू गरिएको छ। सरकारले विदेशबाट २० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले टेन्डर प्रक्रिया अगाडि बढाएको हो।टेन्डर आह्वान भइसकेकाले आगामी एकदेखि डेढ महीनाभित्र चिनी नेपाल आइसक्ने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले बताए। तर, चिनी आयातको लागि टेण्डर भइसकेको भने छैन। सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पनि विदेशबाट चिनीको आयात गर्ने अनुमति दिएको छ।

">