काठमाडौं। नेपाली बजारमा हिजो एकैदिन प्रतितोला ६ हजार २०० ले घटेको सुनको भाउ आज फेरि बढेको छ।
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो प्रतितोला ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर ९७ हजार ८०० रूपैयाँ पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९०० बाट बढेर ९७ हजार ३०० पुगेको छ।
तोलामा एक लाखमाथि पुगेको सुनको भाउ केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो।
२३ साउनमा भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पुगेको थियो।
आज चाँदीको मूल्यमा पनि प्रतितोला ८५ वृद्धि एक हजार २९५ तोकिएको छ।