काठमाडौं। नबिल बैंक र सिटिजन्स इन्टरनेशनल बैंककले आर्थिक वर्ष २०७६/०७७ अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेका छन्। गत आर्थिक वर्षमा दुवै बैंकको नाफा घटेको छ।
आर्थिक वर्ष २०७६/०७७ मा नबिल बैंकको नाफा २०७५/७६ को तुलनामा १५.८६ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार संचालन आम्दानी र खुद व्याज आम्दानी घटेपछि नविल बैंकको नाफा खुम्चिएको हो। आर्थिक वर्ष २०७५/०७६ मा चार अर्ब २३ करोड ८८ लाख नाफा कमाएको नबिल बैंकको नाफा गत आवमा तीन अर्ब ५६ करोड ६६ लाखमा ओर्लिएको छ।
गत वर्ष मात्रै बैंकको नाफा ६७ करोड २२ लाख रुपैयाँले घटेको हो। बैंकको विवरण अनुसार, व्याज आम्दानी आठ प्रतिशत बढेको छ तर, ब्याज खर्च भने दोब्बरभन्दा बढी अर्थात १७ प्रतिशतले बढेपछि त्यसको असर नाफामा परेको छ।
ब्याज खर्च बढेको कारण आव २०७५/०७६ को तुलनामा गत वर्ष नबिको खुद व्याज आम्दानी करिब २ प्रतिशतले घट्न पुगेको छ। यस्तै, बैंकको सञ्चालन नाफा पनि गत वर्ष १५ दशमलव ४८ प्रतिशत घटेको छ।
गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा तीन अर्ब चार करोड २२ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको निष्क्रिय कर्जा ०.९७ प्रतिशत रहेको छ। चुक्ता पुँजी १० अर्ब ९ करोड ७४ लाख छ भने जगेडा कोषमा १२ अर्ब ६६ करोड १६ लाख रुपैयाँ रहेको छ।
गत आवसम्म बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २४ पैसामा रहेको छ।
सञ्चालन आम्दानीले खुम्च्यायो सिटिजन्सको नाफा
वित्तीय विवरण प्रकाशन गरेको अर्को बैंक सिटिजन्स इन्टरनेशनल बैंकको पनि गत आर्थिक वर्षमा नाफा खुम्चिएको छ। अघिल्लो वर्षको तुलनामा गत आवमा बैंकको नाफा करिब २३.७२ प्रतिशतले आरोलो लागेको हो।
बैंकले आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब ४६ करोड नाफा कमाएको थियो। तर, गत आवमा एक अर्व ११ करोड ६० लाख मात्रै नाफा कमाउन सफल भएको छ।
सिटिजन्स बैंकको सञ्चालन आम्दानी ३० प्रतिशतले घट्दा बैंकको नाफा पनि घटेको हो। बैंकको वित्तीय विवरण अनुसार, खुद व्याज आम्दानी भने सामान्य रूपमा बढेको छ। बैंकको खुद व्याज आम्दानी अघिल्लो आवमा दुई अर्व ६८ करोड रहेको थियो भने गत आवमा दुई अर्व ८८ करोड रहेको छ।
बैंकको संचालन नाफा अघिल्लो आवमा दुई अर्व १० करोड रहेको थियो भने गत आवमा एक अर्व ४५ करोडमा झरेको छ।
बैंकले सेयरधनीहरुलाई वितरण गर्न सक्ने नाफा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजी अघिल्लो आवको तुलनामा बढेर नौ अर्व ८ करोड पुगेको छ।
सिटिजन्स बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशत रहेको छ। अघिल्लो आवमा १.१३ प्रतिशत रहेको थियो।