काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ।
यो विधि मार्फत कुनै पनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र बिक्री गर्न पाउनेछन्। हालसम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन हुँदै आएको छ।
फिक्स प्राइसिङ अन्तर्गत लगानीकर्ताले अंकित मूल्य अर्थात एक सय रूपैयाँमा आइपीओमा आवेदन दिन पाउनेछन्।
त्यस्तै, प्रिमियम विधि अन्तर्गत पहिले नै आइपीओको मूल्य निर्धारण भएर निष्काशन गरिएको हुन्छ। जसमा संगठित संस्थाको नेटवर्थको बढीमा दुई गुणासम्मको मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सकिनेछ।
यी दुई विधिबाट सार्वजनिक निष्काशन गर्ने व्यवस्था गर्दा वास्तविक क्षेत्रका कम्पनीहरू पूँजी बजारमा आकर्षित नभएपछि बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रचलित रहेको बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याएको बोर्डका सहायक कार्यकारी निर्देशक रूपेश केसीले बताए।
बुक बिल्डिङ भन्नाले धितोपत्रको मागअनुसार र कम्पनीको वित्तीय स्थिति अनुसार धितोपत्रको माग कति हुन्छ र कुन मूल्यमा संस्थागत लगानीकर्ताले किन्न चाहन्छन्, त्यो आधारमा सार्वजनिक निष्काशनका लागि मूल्य निर्धारण गरिएको हुन्छ।
यसरी संस्थागत लगानीकर्ताबाट निर्धारण भएको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्ताका लागि धितोपत्र निष्काशन गर्ने गरी बुक बिल्डिङ्ग निर्देशिका २०७७ लागू गरिएको केसीले बताए।
बुक बिल्डिङ्ग विधि लागूभएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ। अबदेखि अंकित मूल्यमा, प्रिमियम मूल्यमा र बुक बिल्डिङ्ग विधि मार्फत सेयर निष्काशन गर्न सकिने छ।
बुक बिल्डिङ्ग मार्फत सेयर निष्काशन गर्न अंकित मूल्यको १ सय ५० प्रतिशत नेटवर्थ हुनुपर्ने, विगत तीन वर्षदेखि लगातार मुनाफामा भएको हुनुपर्ने, क्रेडिट रेटिङ औसत अथवा सोभन्दा माथि हुनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा छ।
धितोपत्र निष्काशन नियमावली २०७३ को नियम २५ ‘ग’ ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले निर्देशिका मार्फत थप प्रक्रियागत व्यवस्थाहरु गरेको हो।
निर्देशिका अनुसार संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्याङ्कनको आधार औचित्य समेत खुलाइएको प्रारम्भिक विवरण पत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्छ।
यससँगै न्यूनतम १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणको सम्बन्धमा सुझाव लिनुपर्छ। त्यसपछि प्राप्त आशय मूल्यको आधारमा २० प्रतिशत थप थर्दा कायम हुने मूल्यमा माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्यमा तल्लो सीमा हुने गरी मूल्यको सीमा निर्धारण हुनेछ।
संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपछि संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत धितोपत्र निष्काशन गर्नुपर्ने छ।
संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी त्यसमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्तालाई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।
" /> काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ।यो विधि मार्फत कुनै पनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र बिक्री गर्न पाउनेछन्। हालसम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन हुँदै आएको छ।

">