काठमाडौं। भारतमा केही समयअघि प्रतिबन्ध लगाइएको सोसल नेटवर्किङ एप टिकटक पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ। भारतका सबैभन्दा धनी उद्योगपति मुकेश अम्बानीले टिकटक खरिद गर्नेबारे विचार गर्न थालेका हुन्। समाचार एजेन्सी रोयटर्सका अनुसार टिकटक र अम्बानीको कम्पनीबीच छलफल चलिरहेको छ। टिकटक युवावर्गमा खुबै लोकप्रिय रहेको छ।
रोयटर्सको एक रिपोर्ट अनुसार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र अम्बानीको रिलायन्स इन्डस्ट्रिजबीचको कुराकानी प्रारम्भिक तहमा चलेको हो। दुवै कम्पनी अहिले कुनै निष्कर्षमा पुगेका छैनन्।
टिकटकका सीईओ केभिन मेयरले रिलायन्सका शीर्ष अधिकारीलाई भेटेर कुराकानी गरेको पनि बताइएको छ। यद्यपि, यसबारे कुनै औपचारिक कुरा बाहिर आएको छैन।
गलवान घाटीमा चिनियाँ सुरक्षाकर्मीसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्युपछि भारत सरकारले टिकटकसमेत ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो। भारत टिकटकको ठूलो प्रयोगकर्ता भएकाले प्रतिबन्धपछि कम्पनीमा हलचल आएको बताइएको छ। भारतले प्रतिबन्ध लगाएपछि विश्वका अन्य कतिपय देशमा पनि टिकटकबारे सोच्न थालिएको छ। अमेरिकाले भने यसअघि नै प्रतिबन्धको कुरा उठाएको थियो।
केही समयअघि टिकटक माइक्रोसफट्सँग कम्पनीले खरिद गर्ने समाचार आएको थियो। माइक्रोसफ्ट अमेरिकी कम्पनी भएकाले उक्त खरिद प्रक्रिया अघि बढ्न कठिन हुँदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्धको कुरा धेरै पटक गरिसकेका छन्। यसले पनि टिकटकको भविष्य अनिश्चित बन्दै गएको कतिपयको अनुमान छ।
(एजेन्सी)