दुई अर्ब २९ करोड घट्यो नेपाल टेलिकमको नाफा
काठमाडौं। नेपाल टेलिकमले आव २०७६/७७ मा ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रूपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाको तुलनामा ६.२ प्रतिशतले कमी हो।

उक्त आर्थिक वर्षमा नेपाल टेलिमकले ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ नाफा कमाएको थियो। यस हिसाबले गत आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा दुई अर्ब २३ करोड २८ लाख ५८ हजार ६२६ रूपैयाँले खुम्चिएको छ।

लिज्ड लाइन, एफटीटीएच र जिएसएम डेटा बाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको कारण टेलिकमको आम्दानी घटेको टेलिकमले बताएको छ।

टेलिकमको लिज्ड लाइन र एफटीटीएच सेवा अन्य सेवाको तुलनामा नगन्य रूपमा रहेकाले त्यसबाट भएको आम्दानी अन्य सेवाबाट गुमेको आम्दानीलाई परिपूर्ति गर्न नसक्ने टेलिकले बताएको छ।

कोभिड–१९ महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटले गर्दा गत आर्थिक वर्षको अन्तिम त्रैमासको आम्दानी मूख्य रूपमा प्रभावित भएको हो।

त्यसबाहेक, टेलिकमले रिचार्ज कार्डको बिक्रीमा २०७५ चैत्रदेखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको थियो।

कूल विक्रीलाई हिसाब गरेपछि कमिसन प्रदान गरिने तर, डिस्काउन्ट रिचार्ज कार्ड बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवा वापतको आय घटेको टेलिकमको दावी छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजार रूपैयाँले वृद्धि भएको तथ्यांक टेलिमले प्रकाशन गरेको छ।

त्यसबाहेक, कोभिड–१९ महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट, ओभर द टप (ओटीटी)को बढ्दो प्रयोग लगायतका कारणले गर्दा जिएसएम र पीएटीएन भ्वाइस सेवामा करिव दई अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करीब ५४ करोडले कमी आएको टेलिकमले बताएको छ।

तर, डेटातर्फको आम्दानी भने ७५ करोडले वृद्धि भएको टेलिकमले बताएको छ।

नेपाल टेलिकमको आम्दानी घट्दा नेपाल टेलिकमबाट सरकारले पाउने राजश्व पनि करीब १५ प्रतिशत (एक अर्ब ९५ करोड) ले कमी आउने भएको छ।

महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकलाई टप-अपमा शतप्रतिशत बोनस दिँदा ५३ करोड ४० लाखभन्दा खर्च भएको छ।

त्यसैगरी, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिदा २२ करोड ८३ लाखभन्दा बढि, शून्य भ्यालू कल वापत पाँच करोड ३० लाख भन्दा बढिको निःशुल्क सेवा दिएको हुनाले राजश्वमा प्रत्यक्ष असर गरेको टेलिकमले बताए।

नेपाल टेलिकमले कोरोना राहत कोषमा १० करोड योगदान गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्