कोरोना नियन्त्रण कोषलाई सनराईज बै‌ंककाे ७९ लाख ४४ हजार सहयाेग  <p>काठमाडाैं। सनराईज बैंक लिमिटेडले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको लागि ७९ लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएकाे छ।</p> <p>बैंकले आज उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको हाे।</p> <p>बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत आर्थिक वर्ष २०७६/७७ मा खर्च हुन बाँकी रकम काेषमा जम्मा गरेकाे जनाएकाे छ।</p> <p>चालु आवकाे मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्