दाङ। कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन्। चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोबार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन्।
“महान चाड नजिकिए पनि दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक १० प्रतिशत मात्रै हुन्छ”, सुनचाँदी व्यवसायी सङ्घ प्रदेश–५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले भने, “व्यापार व्यवसाय प्रायः ठप्प रहेको छ।”
दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने भए पनि यस वर्ष कोरोनाको त्रास र मूल्य वृद्धिले गर्दा व्यापार नहुने उनको भनाइ छ। सुनचाँदी व्यवसायी सङ्घ तुलसीपुरका अध्यक्ष मदन केसीका अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून हुने गरेको छ।
पहिले दैनिक ५०/६० जना ग्राहक आउने गरेको भए पनि अहिले दैनिक १०/१५ जना मात्रै आउने गरेको उनको भनाइ छ। विगतका वर्षमा तीजको समयमा सुनको अभाव हुने गरेको भए पनि यस वर्ष भने नबिकेर बजारमा प्रशस्त सुन रहेको उनले बताए। उनका अनुसार पहिले दैनिक २५/३० तोला सम्म कारोवार हुने गरेको भए पनि अहिले भने दैनिक चार/पाँच तोला मात्रै धौधौ कारोवार हुने गरेको छ। रासस
" /> दाङ। कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन्। चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोबार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन्।“महान चाड नजिकिए पनि दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक १० प्रतिशत मात्रै हुन्छ”, सुनचाँदी व्यवसायी सङ्घ प्रदेश–५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले भने, “व्यापार व्यवसाय प्रायः ठप्प रहेको छ।”

">