काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा खर्च हुन नसकेको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा बुझाउन थालेका छन्।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरूले सीएसआरअन्तर्गत खर्च हुन नसकेको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो।
सबै बैंक तथा वित्तीय संस्थाले प्रत्येक वर्ष खुद नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक काममा खर्च गर्नुपर्ने प्रावधान छ। गत आर्थिक वर्षको अन्तिम चार महिना लकडाउन भएका कारण बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम खर्च गर्न सकेका थिएनन्।
अहिलेसम्म सातवटा वाणिज्य बैंक र एक लघुवित्त संस्थाले २१ करोड ५८ लाख ५१ हजार रूपैयाँ उक्त कोषमा जम्मा गरिसकेका छन्।
आज डिप्रोक्स लघुवित्त वित्तीय संस्था, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नविल बैंकले सीएसआरअन्तर्गत खर्च नभएको रकम अर्थमन्त्री डा. युवराज खतिवडामार्फत् सरकारी कोषमा हस्तान्तरण गरेका हुन्।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४६ लाख ५८ हजार १२९ रूपैयाँ कोरोना उपचार कोषमा हस्तान्तरण गरेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले दुई करोड ६९ लाख ९३ हजार १४५ रूपैयाँ उपलब्ध गराएको छ भने कृषि विकास बैंकले चार करोड १० लाख १० हजार ७५ रूपैयाँमा सरकारी कोषमा जम्मा गर्न अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ।
नविल बैंकले सीएसआरमा खर्च गर्न नसकेको ६ करोड रूपैयाँ सरकारी कोषमा उपलब्ध गराएको छ।
त्यसैगरी, नेपाल बैंकले तीन करोड ४६ लाख, सिद्धार्थ बैंकले दुई करोड ६७ लाख २७ हजार ९२९ रूपैयाँ, प्रभु बैंकले एक करोड ३९ लाख १८ हजार २३८ रूपैयाँ र सनराइज बैंकले ७९ लाख ४४ हजार ४७६ रूपैयाँ अर्थमन्त्री खतिवडामार्फत् कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा हस्तान्तरण गरेको छ।
" /> काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा खर्च हुन नसकेको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा बुझाउन थालेका छन्।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरूले सीएसआरअन्तर्गत खर्च हुन नसकेको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो।

">