काठमाडाैं। ‘नेपाली तितेपाती रूपैयाँमा होइन डलरमा बिक्छ’ यामशो प्रा.लि.का निर्देशक ईश्वरराज बलामीको यो भनाइ सुन्दा जो सुकैलाई पत्याउन मुस्किल पर्छ।
नहोस् पनि किन, हाम्रा पाखा पखेरा, गल्ली, बाटोघाटो वरपर पाती त्यसै मौलाएको हुन्छ। त्यसै सुकेर जान्छ। अझ भनौँ बाटो छेकियो भनेर काटेर फाल्नुपर्छ। त्यसै काटेर फाल्नुपर्ने वस्तु डलरमा बिक्छभन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ नै।
तर ईश्वर बलामी यस्ता व्यक्ति हुन् जसले वर्षमा तितेपाती बेचेर ३० लाख रूपैयाँभन्दा बढी आर्जन गरिराखेका छन्। कसरी त ?
“मोग्जुभेसन थेरापीमा तितेपातीको मोग्जा प्रयोग हुन्छ। यही मोग्जा हामीले तितेपातीबाट निकाल्छौं र जापानमा बेच्छौं,” बलामीले देखापढीसँग भने।
मोग्जुभेसन थेरापी भनेको तितेपातीको भुवाद्वारा गरिने उपचार हो। विशेषगरी जापानमा हाड र नसासम्बन्धी रोगका बिरामीलाई यो थेरापी गराइन्छ। मोग्जा भनेको तितेपातीको पातको पछाडि हुने भुवा हो।
“जापानको यामशो कम्पनीले हामीसँग वर्षको ६० टन मोग्जा माग गर्दै आएको छ। तर हामीले प्रयाप्त मात्रामा तितेपाती पाउन सकेको छैनौं। अहिले हामीले मुस्किलले २० टन तितेपातीको मोग्जा मात्र पठाउन सकेका छौं। यो रूपैयाँमा भन्दा ३० लाखको हो,” बलामीले भने।
२०५१ सालमा बलामी अकुपञ्चरसम्बन्धी अध्ययन गरिरहेका थिए। सोही वर्ष उनी ६ महिने तालिमको लागि जापान जाने अवसर पाए। त्यहीं नै उनले नेपाली तितेपातीको महत्त्व बुझे।
“अकुपञ्चर चिकित्सामा मोग्जुभेसन थेरापी भन्ने हुन्छ र यसमा प्रयोग हुने मोग्जा तितेपातीको हो भन्ने थाहा थियो। तर यो कसरी बनाउने भन्ने थाहा थिएन। कुन तितेपाती भन्ने थाहा थिएन। जापानमा तालिम लिने क्रममा यो सबै थाहा भयो,” उनले सुनाए।
जापानमा तालिम सकिएपछि उनी नेपाल फर्के। त्यसपछि उनले तितेपाती खोजी शुरू गरे।
“मैले तितेपाती खोजी गर्दै हिँडेको देख्दा कतिले त मलाई ‘यो बौलायो’ समेत भने। ‘कहीँ तितेपाती बिक्छ, नचाहिंदो कुरा गर्ने?’ भन्थे। मैले हिम्मत हारिनँ,” बलामीले भने।
उनले सुरूमा एक गाडी तितेपाती ल्याए र त्यसको मोग्जा बनाए। जापान पठाउने क्रममा भन्सारका केही अधिकारीले उनलाई पत्याएनन्। त्यसपछि परीक्षण नै गरियो। प्रमाणित भएपछि मात्र जापान जान दिइयो।
नेपाली तितेपातीको मोग्जा सुरूमा जापान पुग्न एक महिना लाग्यो। सामान पुगेपछि उनी पनि जापान पुगे। जापानमा पनि परीक्षण गरियो। नेपाल तितेपातीको मोग्जा पनि मोग्जुभेसन थेरापीमा उत्तिकै प्रभावकारी देखिएपछि जापानी कम्पनीले लिने भयो।
उनले २०६६ बाट सबै प्रक्रिया पूरा गरेर व्यावसायिकरूपमा तितेतापीको मोग्जा नेपालबाट जापान पठाउन सुरू गरेका थिए। अहिले जापानमा हिमालयन ब्राण्डको नाममा नेपालको तितेपातीको मोग्जा प्रयोग गरिरहेको छ।
“नेपाली तितेपातीको ब्राण्ड बनिसकेको छ। अब मात्र उत्पादन बढाउन आवश्यक छ,” बलामीले उत्साहित हुँदै भने।
तितेपाती संकलन गर्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने पत्ताको पछाडि भुवा छ वा छैन भन्ने जान्नु हो। उनले थपे, “विभिन्न किसिमका तितेपाती हुन्छन्। नेपालमा पनि ८-१० किसिमका तितेपाती छन्, जसमध्ये पातको पछाडि भुवा भएको तितेपातीमात्र प्रयोग हुन्छ। मोग्जा त्यो भुवाको मात्र बन्छ।”
भुवा नभएको तितेपाती माेग्जा बनाउन काम छैन। भुवा हुने पातीका पछाडि सेतो हुन्छ। यस्तो तितेपाती पाए जति पनि प्रयोग गर्न सकिने उनी बताउँछन्।
कसैले मोग्जा हुने तितेपातीको खेती गरे उसले बजारको चिन्ता लिनु नपर्ने उनको अनुभव छ। “बजारको ग्यारेन्टी म गर्छु,” उनले भने।
तितेपाती खेती गरेर कसैले एक रूपैयाँ कमायो भन्ने सुन्दा आफूलाई खुसी लाग्ने उनी बताउँछन्। तितेपातीको अन्तर्राष्ट्रिय बजारीकरण भइसकेकोले बजार खोज्ने झन्झट नरहेको उनको विश्वास छ।
“तितेपातीको माग आज दुईगुना भए भोलि चाैगुना हुन्छ,” बलामी भन्छन्।
नेपालबाट पहिलोपटक जापान तितेपाती निर्यात हुँदा उनी निकै खुसी भएका थिए। जुन दिन जापानमा हिमालयन ब्राण्डमा नेपालको तितेपाती बिक्न थाल्यो उनलाई त्यतिनै खुसी लागेको थियो।
“इलाममा चिया बगान बनेको छ भने अब अन्यत्र तितेपाती बगान किन नबनाउने? किसानलाई किन तितेपाती खेतीमा उत्साहित नगर्ने?,” बलामीले प्रश्न गरे।
गाउँमा युवा जनशक्ति नदेख्दा र खेतबारी बाँझो देख्दा उनलाई निकै दुःख लाग्छ रे। उनी त्यो बाँझो बारीमा करौडौँ रूपैयाँ हावामा उडिरहेको देख्छन्।
अहिले उनले केही स्थानीय कृषकहरूसँग मिलेर शंखुवासभामा ६० रोपनी, ठोरीमा ४ बिघा र पाचँथरमा २०० रोपनीमा तितेपाती खेती सुरू गरिसकेका छन्। काठमाडौंमा पनि थोरै मात्रामा खेती सुरू भएको उनले जनाए।
“तितेपातीबाट प्रतिरोपनी वार्षिक ५० हजार रूपैयाँ कमाउन सकिन्छ। एक रोपनीमा एक हजार किलो तितेपाती उत्पादन हुन्छ, सुकेको। १० रोपनी जग्गा छ भने पाँच लाख वार्षिक आम्दानी हुन्छ। अब कुन खेती गर्ने र फाइदा हुन्छ भन्ने कृषकको रोजाइको विषय हो,” बलामीले भने।
" /> काठमाडाैं। ‘नेपाली तितेपाती रूपैयाँमा होइन डलरमा बिक्छ’ यामशो प्रा.लि.का निर्देशक ईश्वरराज बलामीको यो भनाइ सुन्दा जो सुकैलाई पत्याउन मुस्किल पर्छ।नहोस् पनि किन, हाम्रा पाखा पखेरा, गल्ली, बाटोघाटो वरपर पाती त्यसै मौलाएको हुन्छ। त्यसै सुकेर जान्छ। अझ भनौँ बाटो छेकियो भनेर काटेर फाल्नुपर्छ। त्यसै काटेर फाल्नुपर्ने वस्तु डलरमा बिक्छभन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ नै।

">