काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो लकडाउन खुकुलो भएपछि खुलेका उत्पादनमूलक उद्योग फेरि बन्द हुन थालेका छन्। दिनदिनै संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका उत्पादन मूलक उद्योग बन्द हुन थालेका हुन्।
खासगरी, भारतसँग सीमा जोडिएका औद्योगिक तथा आर्थिक क्षेत्रमा रहेका उद्योगधन्दा/कलकारखाना बन्द हुने क्रम बढेको हो।
यतिबेला सीमा क्षेत्रमा रहेका उद्योगका कामदार र उद्योग सञ्चालक नै संक्रमित हुन थालेका छन्। जसकारण संक्रमणको जोखिम बढेसँगै उद्योगीहरूले धमाधम उद्योग/व्यवसाय बन्द गर्न थालेका छन्।
उद्योग वाणिज्य संघ मोरङका अध्यक्ष भीम घिमिरेले संक्रमितको संख्या बढ्दै गएपछि उद्योग बन्द हुने क्रम बढेको बताए।
उनले देखापढीसँग कुरा गर्दै भने, “अहिले केही उद्योग बन्द भइसकेका छन्। अन्य उद्योग पनि बन्द हुने क्रममा छन् भने बन्द नभएका उद्योगले पनि आफ्नो क्षमता घटाएका छन्।”
यतिबेला विराटनगर, इटहरी, वीरगञ्ज तथा नेपालगञ्जका केही उद्योगहरू सिल भइसकेका छन्। कामदार र सञ्चालकलाई कोरोनाको संक्रमण भएपछि त्यस क्षेत्रका धेरै उद्योग सिल भइसकेको उद्योगी व्यवसायीहरूले बताएका छन्।
हाल विराटनगरमा साना/ठूला गरी ४/५ वटा उद्योग व्यवसाय सिल भइसकेका छन्। यस्तै वीरगञ्जमा जगदम्बा इन्टरप्राइजेज, नारायणी स्टिल्स्, जगदम्बा स्टिल्स् र भैरहवाको सिद्धार्थ सिमेन्ट सिल भइसकेका छन्।
उद्योगमा संक्रमित भेटिनु र सरकारले कामदारको सम्पूर्ण व्यवस्थापन उद्योगले नै गर्न पर्ने निर्णय गरेकाले पनि उद्योगहरू धमाधम बन्द हुन लागेको इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार शाहले बताए।
उनले लकडाउनले थलिएका उद्योगहरूले कर्मचारीको पीसीआर परीक्षण र कामदारलाई चाहिने क्वारेन्टाइनको व्यवस्थामा लाग्ने खर्च धान्न नसक्ने भएपछि उद्योग नै बन्द गर्न थालेको बताए।
खासगरी दिनदिनै संक्रमितको संख्या बढेपछि भारतसँगको सीमा क्षेत्रमा रहेका उद्योगमा कामदार नै आउन छाडेका छन्। यसका साथै उद्योगले पनि कर्मचारीलाई नआउन भन्न थालेका छन्।
शाहले स्थानीय सरकारले लकडाउन गरेको भए पनि उद्योग खोल्न अवरोध नगरेको बताए। स्थानीय सरकारले अवरोध नगरे पनि उद्योगीहरू आफैंले उद्योग बन्द गर्न थालेको उनको भनाइ छ।
त्यसैगरी भारतबाट आउने कामदार पनि आइरहेका छैनन्। सरकारले मन्त्रिपरिषद्को बैठकबाट नेपाल-भारत आवतजावत ठप्प पार्ने निर्णय गरेपछि भारतीय कामदार आउन सकेका छैनन्।
साथै भारतीय कामदार ल्याउँदा संक्रमणको जोखिम बढेपछि उद्योगीहरूले पनि ल्याउने आँट गरेका छैनन्।
शाहले भने, “लकडाउन खुकुलो भएपछि उद्योगीहरूले भारतबाट निर्वाधरूपमा कामदार ल्याए। तर, त्यसरी कामदार ल्याउँदा संक्रमण बढ्यो र अहिले स्थिति भयावह बन्यो।”
झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले झापामा चिया उद्योग थोरै क्षमतामा खुलेको बताए। “तर, त्यसबाहेकका उद्योग खुलेका छैनन्”, उनले भने, “तर, खुलेका चिया उद्योग पनि बन्द हुँदैछन्।”
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ताले पर्सामा मुस्किलले २५ प्रतिशत उद्योग सञ्चालनमा रहेको बताए। उनले बारा, पर्सा र रौतहतमा संक्रमित बढेपछि अधिकांश उद्योग बन्द भएका हुन्।
लकडाउनु खुकुलो भएपछि त्यस क्षेत्रका ८० प्रतिशत उद्योग सञ्चालनमा आइसकेका थिए। तर, फेरि संक्रमण बढेपछि उद्योगहरू धमाधम बन्द हुन थालेको गुप्ताले बताए।
यस्तै संक्रमणको जोखिम बढेपछि बाँकेका सबैजसो उद्योग बन्द हुनेक्रममा रहेको नेपालगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अमितकुमार बस्नेतले जानकारी दिए।
उनले संक्रमित बढेपछि धेरै उद्योग बन्द भएको र सञ्चालनमा रहेको उद्योगहरू पनि केही दिनमै बन्द हुने सम्भावना रहेको देखापढीलाई बताए।
" /> काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो लकडाउन खुकुलो भएपछि खुलेका उत्पादनमूलक उद्योग फेरि बन्द हुन थालेका छन्। दिनदिनै संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका उत्पादन मूलक उद्योग बन्द हुन थालेका हुन्।खासगरी, भारतसँग सीमा जोडिएका औद्योगिक तथा आर्थिक क्षेत्रमा रहेका उद्योगधन्दा/कलकारखाना बन्द हुने क्रम बढेको हो।

">