काठमाडौं। साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक बढेपछि आज सेयर बजारमा एक अर्ब सात करोड रूपैयाँ बराबरको ३५ लाख ९१ हजार कित्ता सेयर किनबेच भएका छन्।
कारोबार खुल्दा १३९१ अंकमा रहेको नेप्से कारोबार बन्द हुँदा १४०२ मा पुगेर रोकिएको हो।
आज सेयर बजारमा जीवन र निर्जीवन बीमा कम्पनीहरूले समग्र सूचकलाई नै उचालेका छन्। कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको सेयर बजार ७ अंक बढेपछि आरोलो लागेको थियो।
तर, करिब १० अंकले घटेर परिसूचक १३८५ अंकमा आइपुगेपछि फेरि उकालो लाग्न सुरु गरेको थियो।
नेप्सेले जानकारी दिएअनुसार कारोबार भएका १२ समूहमध्ये हाइड्रोपावरबाहेक सबै समूहमा सुधार आएको छ। हाइड्रोपावर समूहमा भने एक दशमलव ४७ अंकले घटेको छ।
यस्तै आज बढेकामध्ये निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा बढी १६२ अंकले बढेको छ। यस्तै जीवन बीमा समूहमा १०६ अंकको सुधार आएको छ।
साधना लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी उकालो लागेको छ। आज ९ दशमलव ८९ प्रतिशत बढेको कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ७६७ रूपैयाँ पुगेको छ।
" /> काठमाडौं। साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० अंकले बढेर बन्द भएको छ।नेप्से परिसूचक बढेपछि आज सेयर बजारमा एक अर्ब सात करोड रूपैयाँ बराबरको ३५ लाख ९१ हजार कित्ता सेयर किनबेच भएका छन्।

">