काठमाडौं। पन्ध्रौं पञ्चवर्षीय योजना परिमार्जन गर्नुपर्ने भएको छ। कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने अवस्था देखिएको राष्ट्रिय योजना आयोगले जनाएको छ। लामो समयसम्मको लकडाउनले पन्ध्रौं योजनाका लक्ष्यहरु पूरा गर्न नसकिने भएकाले परिमार्जन गर्नुपर्ने भएको आयोगको भनाइ छ।
आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले योजना परिमार्जन गर्नुपर्ने देखिएको बताएका हुन्। आज न्यूज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष कँडेलले पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। तर कोरोनाका कारण लक्ष्य हासिल गर्न सम्भव नभएको कँडेलको भनाइ छ।
कोरोनाको संक्रमण कम हुन्छ भन्ने हिसाबले चालु आर्थिक वर्षको वार्षिक योजना बनाएको तर दोस्रो चरणको संक्रमणका कारण कार्यान्वयनमा असर परेकाले पनि थप समस्या देखिएको उनले बताए। अहिलेको अर्धलकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर योजनाका लक्ष्यहरुमा परिमार्जन गर्ने अवस्था आउनसक्ने कँडेलले बताए।
" /> काठमाडौं। पन्ध्रौं पञ्चवर्षीय योजना परिमार्जन गर्नुपर्ने भएको छ। कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने अवस्था देखिएको राष्ट्रिय योजना आयोगले जनाएको छ। लामो समयसम्मको लकडाउनले पन्ध्रौं योजनाका लक्ष्यहरु पूरा गर्न नसकिने भएकाले परिमार्जन गर्नुपर्ने भएको आयोगको भनाइ छ।आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले योजना परिमार्जन गर्नुपर्ने देखिएको बताएका हुन्। आज न्यूज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष कँडेलले पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। तर कोरोनाका कारण लक्ष्य हासिल गर्न सम्भव नभएको कँडेलको भनाइ छ।
कोरोनाको संक्रमण कम हुन्छ भन्ने हिसाबले चालु आर्थिक वर्षको वार्षिक योजना बनाएको तर दोस्रो चरणको संक्रमणका कारण कार्यान्वयनमा असर परेकाले पनि थप समस्या देखिएको उनले बताए। अहिलेको अर्धलकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर योजनाका लक्ष्यहरुमा परिमार्जन गर्ने अवस्था आउनसक्ने कँडेलले बताए।
">