काठमाडौं। नेपालमा धानपछि सबभन्दा बढी उत्पादन हुने खाद्यान्न बालीका रूपमा मकैलाई लिइन्छ।
यो तराईका जिल्लादेखि उच्च हिमाली भेगसम्म उत्पादन हुन्छ। तर, नेपालको मागलाई भने यसले धान्न सकेको छैन।
नेपालमा वार्षिक अर्बौं रूपैयाँको मकै विदेशबाट आयात हुन्छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष नेपालले १४ अर्ब ७५ करोड ३० लाख रूपैयाँको चार लाख ४३ हजार मेट्रिक टन मकैको दाना आयात भएको देखिन्छ।
दक्षिण एसिया, पूर्वी एसिया, दक्षिण/उत्तर अमेरिका, युरोप र अफ्रिकाबाट समेत मकै आयात भइरहेको छ।
गत वर्ष नेपालले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिना र ब्राजिल, अमेरिका, नाइजर, युक्रेन, बंगलादेश, भारत, पाकिस्तान मलेसिया, थाइल्याण्ड, म्यानमारबाट आयात गरेको हो।
उत्पादनसँगै बढ्दैछ आयात पनि
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा नेपालमा मकैको उत्पादन बढिरहेको देखिन्छ। मकै खेतीको क्षेत्रफल र मकैको उत्पादन वर्षैपिच्छे बढ्दै गएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले गत आर्थिक वर्ष २०७६/७७ मा मकैको उत्पादन बढ्ने बताए।
गत वर्षको तथ्यांक संकलन केही ढिलो हुने भएकाले कति मेट्रिक टन बढ्छ भनेर यकिनसाथ भन्न नसक्ने उनी बताउँछन्।
खासगरी, तराईका जिल्लामा लगाइएका हाइब्रिड जातको मकैको उत्पादन बढेपछि समग्र मकैको उत्पादन नै बढ्ने मन्त्रालयको अनुमान छ।
यस्तै आर्थिक वर्ष २०७४/७५ मा नेपालमा ९ लाख ५४ हजार हेक्टरमा मकै खेती गरिएको थियो। सो वर्ष २५ लाख ५५ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा ९ लाख ५६ हजार हेक्टरमा मकै लगाउँदा २७ लाख १३ हजार मेट्रिक टन उत्पादन भएको थियो।
आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार गत वर्ष नेपालमा कूल ९ लाख ५८ हजार १५० हेक्टरमा मकै खेती भएको छ। आर्थिक सर्वेक्षणका अनुसार गत वर्ष मकैको उत्पादन ६ दशमलव ५ प्रतिशतले बढ्ने अनुमान छ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार जुन अनुपातमा मकैको उत्पादन बढ्दै छ सोही अनुपातमा विदेशबाट आउने मकैको परिमाण पनि बढिरहेको छ।
तीन वर्षकै आयात परिमाण हेर्दा उत्पादनभन्दा पनि आयातकाे दर बढेको देखिन्छ।
आर्थिक वर्ष २०७४/७५ मा १० अर्ब ७३ करोड, २०७५/७६ मा १२ अर्ब ९४ करोड र गत वर्ष १४ अर्ब ७५ करोडको मकै आयात भएको छ।
किन आयात हुन्छ मकै ?
नेपालमा विदेशबाट आयात गरिने मकै कुखुरा तथा अन्य पशुपन्छीका लागि आवश्यक पर्ने दाना बनाउन प्रयोग गरिन्छ।
नेपाल दाना संघका अनुसार नेपालमा उत्पादन हुने दानाको कच्चा पदार्थको रूपमा मकैलाई प्रयोग गरिन्छ।
जसमा दाना उत्पादनका लागि आवश्यक पर्ने मकैको ३० प्रतिशत नेपाली उत्पादनले धान्छ भने बाँकी ७० प्रतिशत माग विदेशबाट आउने मकैको प्रयोग हुन्छ।
एक किलो दाना उत्पादन गर्न ६० प्रतिशत मकै र ४० प्रतिशत भटमासको प्रयोग हुने गरेको संघका अध्यक्ष रविन पुरीले जानकारी दिए।
तर, अघिल्ला वर्षको तुलनामा लकडाउनका कारण यो वर्ष मकैको आयात घटे पनि मूल्य बढ्दा गत वर्षको भन्दा महँगो पर्न गएको बताइएको छ।पुरीले नेपालमा दाना उत्पादनका लागि वार्षिक सात लाख मेट्रिक टन मकैको खपत हुने बताए। यसमध्ये चार लाख ५० हजार मेट्रिक टन मकै विदेशबाट ल्याइन्छ र बाँकी दुई लाख ५० हजार मेट्रिक टन स्वदेशी मकै खपत हुन्छ।
" /> काठमाडौं। नेपालमा धानपछि सबभन्दा बढी उत्पादन हुने खाद्यान्न बालीका रूपमा मकैलाई लिइन्छ।यो तराईका जिल्लादेखि उच्च हिमाली भेगसम्म उत्पादन हुन्छ। तर, नेपालको मागलाई भने यसले धान्न सकेको छैन।

">