काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रूपैयाँ मुनाफा कमाएको छ।
प्राधिकरणले सोमबार ३५औं वार्षिकोत्सवका अवसरमा वित्तीय विवरण सार्वजनिक गरेकाे हाे।
यससँगै प्राधिकरण अब सञ्चित नाफामा पनि गएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा चार अर्ब ८७ करोड रूपैयाँ सञ्चित नाफा कमाएको हो।
सरकारले आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रूपैयाँ अपलेखन गरिदिएपछि प्राधिकरण निरन्तर घाटामा गइरहेको थियो।
आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका वर्षहरूमा निरन्तर घटाएर प्राधिकरणले गत आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो।
आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रूपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछि निरन्तर नाफामा रहेको छ।
प्राधिकरणले आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ४७ करोड, २०७४/७५मा दुई अर्ब ८५ करोड, २०७५/०७६ मा ९ अर्ब ८१ करोड मुनाफा कमाएको थियो।
दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ।
" /> काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रूपैयाँ मुनाफा कमाएको छ।प्राधिकरणले सोमबार ३५औं वार्षिकोत्सवका अवसरमा वित्तीय विवरण सार्वजनिक गरेकाे हाे।

">