काठमाडौं। नेपालमा पछिल्लो समय विद्युत् चुहावट घटेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा चुहावट १५.२७ प्रतिशतमा झरेको छ।
आर्थिक वर्ष २०७२/०७३ मा विद्युत चुहावट २५.७८ प्रतिशत थियो।
त्यसपछिका वर्षहरूमा विद्युत् चुहावट निरन्तर घटिरहेको थियो।
आर्थिक वर्ष २०७३/७४ मा चुहावट २२.९, २०७४/७५ मा २०.४५, २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो।
चार वर्षमा करिब १०.५१ प्रतिशतको चुहावट कम हुँदा संस्थालाई वित्तीयरूपमा करिब आठ अर्ब रूपैया फाइदा भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कूल चुहावटलाई १० प्रतिशतभन्दा पनि तल झार्ने योजना रहेको बताए।
" /> काठमाडौं। नेपालमा पछिल्लो समय विद्युत् चुहावट घटेको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा चुहावट १५.२७ प्रतिशतमा झरेको छ।

">