काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै चुनौती पनि थपिएको बताएका छन्।
प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले प्राधिकरणलाई अझै सबल र प्रतिस्पर्धी बनाइने प्रतिबद्धता जनाए।
“उपभोक्तालाई भरपर्दो विद्युत् आपूर्ति गर्न, विद्युतीकरण गर्न बाँकी घरपरिपरिवारमा विद्युत् सेवा पुर्याउन, विद्युत्मा आत्मनिर्भर बन्न र आगामी दिनमा बढी हुने विद्युत्लाई मुलुकभित्र खपत गर्नुका साथै बाह्य बजारमा बिक्री गर्नु चुनौतीपूर्ण छ,” मन्त्री पुनले भने, “समयमै पूर्वाधार बनाउन नसक्दा कतिपय आयोजनाहरुको विद्युत् प्रणालीमा जोड्न नसकिएको गुनासो सुनिरहेका छौं। यसको समाधानका लागि प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गरी हामीले निर्धारण गरेका लक्ष्य पूरा गर्नुपर्छ।”
मन्त्री पुनले निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने र विद्युत् बिक्रीका लागि प्रतिस्पर्धी बजार खोज्दै लगानीको वातावरण बनाउने बताए।
सरकारले ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना मात्रै निर्माण गर्ने उल्लेख गर्दै मन्त्री पुनले मुलुक ऊर्जामा आत्मनिर्भरतर्फ अघि बढेको बताए। सरकारले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण र ६०० मेगावाटको दूधकोशी जलविद्युत् आयोजना अगाडि बढाएको मन्त्री पुनले बताए।
राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले निर्माणाधीन आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गर्न प्राधिकरणलाई निर्देशन दिए। उनले ग्राहकलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन पुराना संरचनामा सुधार र विस्तार गर्नु पर्नेमा जोड दिए।
विद्युत् नियमका आयोगका अध्यक्ष दिल्लीबहादर सिंहले प्राधिकरणले गुणस्तरीय र नियमित विद्युत सेवा आपूर्तिका लागि आगामी दिनमा अझै क्रियाशील बन्नुपर्ने बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले लोडसेडिङ अन्त्य गरी कमाएको छबिलाई निरन्तरता दिन प्राधिकरणको संस्थागत विकास गर्नुपर्ने बताए। घिमिरेले संस्थाको प्रणालीमा सुधार गरी स्वचालित बनाउन, खर्च कटौती गर्न, ग्राहक सेवामा सुधार गर्न र बढी हुने विद्युत्को व्यवस्थापन गर्न प्राधिकरणले जोड दिनुपर्ने बताए।
प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले निरन्तर इमान्दार प्रयासका बाबजुद पनि विविध कारणले गर्दा केही निर्माणाधीन आयोजनाहरू समयमा सम्पन्न हुन नसकिएको बताए।
त्यसकारण प्राधिकरणले गरेका कैयौँ राम्रा कामहरू ओझेलमा पर्ने सम्भावना रहेको घिसिङले बताए। घिसिङले आगामी दिन प्राधिकरणका लागि लागि अझ चुनौतीपूर्ण रहेको बताए।
प्राधिकरणले यस वर्षलाई विद्युत् खपत वृद्धिको वर्षको रूपमा घोषणा गरी विविध कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ।
यसका लागि स्वदेशमा विद्युत्को खपत वृद्धि गर्न सवारी साधन चार्जिङ्ग स्टेशनहरुको निर्माण गरी विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने, लिफ्ट सिँचाइलाई बढावा दिने र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ।
" /> काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै चुनौती पनि थपिएको बताएका छन्।प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले प्राधिकरणलाई अझै सबल र प्रतिस्पर्धी बनाइने प्रतिबद्धता जनाए।

">