इलाम। नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन्। केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार गर्दै गुणस्तरहीन चिया भारत आयात गरेमा बिक्रेताको खरिद इजाजतसमेत रद्द गर्नेसम्मको प्रावधान लेखेको थियो। भारतले गुणस्तरको विषय उठाए पनि चियाको कुन कुरामा गुणस्तर कम भएको भने खुलाइएको छैन।
नेपाली चिया सरोकारवालाले भने भारतले नेपालको चियाको उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा ‘ब्राण्ड’ खस्काउनका लागि क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्। बोर्डको पत्रमा नेपाली चिया क्षेत्र सङ्कटमा रहेका कारण दार्जिलिङका चिया उद्योगलाई सस्तोमा खरिद गर्न पाएकामा सबैभन्दा बढी फाइदा भएको बोर्डले जनाएको छ। यद्यपि यसले विश्वबजारमा भारतीय चियामाथि प्रश्न उठाएको जनाइएको छ।
नेपालको चियाको परीक्षणसमेत भारतमा गरिने भएकाले गुणस्तरको विषय पछि उठाउनु गलत रहेको चिया उद्योगी तथा बिक्रेता उदय चापागाईँ बताउँछन्। कोलकातामा ‘सिएफएल’ परीक्षण गरेर चियाको गुणस्तर जाँचपछि मात्रै भारतमा चिया भित्र्याउने भएकाले भारतले नेपाली चियामाथि आरोप मात्र लगाएको चापागाईँको भनाइ छ।
भारतले नेपाली चियामाथि प्रश्न उठाउनु नौलो विषय होइन। विगतमा पनि पटक–पटक यस्ता प्रश्न उठेकै हुन्। नेपाली चियाको ठूलो बजार नै भारत रहेकाले पनि भारतले स्वमित्व लिन खोजेको चिया सरोकारवालाको भनाइ छ। चियाको गुणस्तरको विषय उठाउने तर चियाको कुन पक्षमा गुणस्तर कम भएको भनेर नभन्नाले भारतले नेपाली चियामाथि बहानाबाजी गर्न खोजेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ।
“चियाको कुन पक्षमा कमजोरी हो, त्यसबारे जानकारी गराउनुपर्छ। ल्याब परीक्षणबाट समेत यसका बारेमा जानकारी गराउन सकिन्छ”, राईले भने “चियाको विषादीजन्य गुण वा जैविक गुण कुन पक्ष कमजोर हो यसका बारेमा भारतले प्रष्ट भनेमा मात्र गुणस्तरको बारेमा जानकारी राख्न सकिन्छ।”
के भन्छन् विज्ञ ?
भारतको यो कदमलाई चियाविज्ञले भने ‘भारतको पुरानो चलन’को सङ्ज्ञा दिएका छन्। चियाविज्ञका अनुसार उनीहरूले नेपालबाट ठूलो परिमाणमा चिया भारत जाने भएकाले नेपालको चियाको गुणस्तर खस्काउनका लागि यो कदम चालेको हो।
“भारतले ‘फस्टफ्लस’को समयमा बाह्य खरिदकर्तासम्म चिया पुर्याउन सकेन”, चियाविज्ञ चन्द्रभूषण सुब्बाले भने, “गुणस्तरका बारेमा स्पष्ट जानकारी गराउनुपर्छ। नभए त्यो मात्र भनाइ सह्य हुँदैन।” सुब्बाले पनि दार्जिलिङको चियाभन्दा नेपाली चिया गुणस्तरीय भएको जिकिर गरे। गुणस्तरीय चिया बाहिरी देशमा जाँदा दार्जिलिङको चिया नबिक्ने भएकाले यस्तो ‘तिकडम’ गरको सुब्बाको भनाइ छ।
आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो चिया निर्यात भएकामा गत आवमा एक करोड ११ लाख ८५ हजार १९८ किलोमात्र निर्यात भएको देखिन्छ। आव २०७५/७६ मा रु तीन अर्ब २० करोड ३९ लाख आठ हजारको चियाबाट आम्दानी भित्रिएकोमा गत वर्ष २०७६/७७ मा रु तीन अर्ब ७८ करोड २८ लाख ४१ लाखको मात्र देखिएको छ। किरण पौड्याल/रासस
" /> इलाम। नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन्। केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार गर्दै गुणस्तरहीन चिया भारत आयात गरेमा बिक्रेताको खरिद इजाजतसमेत रद्द गर्नेसम्मको प्रावधान लेखेको थियो। भारतले गुणस्तरको विषय उठाए पनि चियाको कुन कुरामा गुणस्तर कम भएको भने खुलाइएको छैन।नेपाली चिया सरोकारवालाले भने भारतले नेपालको चियाको उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा ‘ब्राण्ड’ खस्काउनका लागि क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्। बोर्डको पत्रमा नेपाली चिया क्षेत्र सङ्कटमा रहेका कारण दार्जिलिङका चिया उद्योगलाई सस्तोमा खरिद गर्न पाएकामा सबैभन्दा बढी फाइदा भएको बोर्डले जनाएको छ। यद्यपि यसले विश्वबजारमा भारतीय चियामाथि प्रश्न उठाएको जनाइएको छ।

">