काठमाडौं। असार २५ मा सिन्धुपाल्चोकको जम्बु बजार बगाएपछि चीनसँगको व्यापारिक नाका तातोपानी ठप्प छ।

त्यसयता तातोपानी नाका हुँदै नेपाल र चीनबीच व्यापार हुन सकेको छैन।

कोरोनाका कारण माघ १३ गतेदेखि बन्द भएको तातोपानी नाका चैत २६ देखि सञ्चालनमा आएको थियो।

सञ्चालनमा आएको तेस्रो महिनामै प्राकृतिक विपत्तिका कारण नाका फेरि बन्द भएको हो।

पहिरोले सडक बगाएपछि ठप्प भएको चीनसँगको व्यापार अझै खुल्न सकेको छैन। तातोपानी नाका बन्द भएपछि चीन र नेपालबीचको दुई व्यापारिक मार्गमध्ये एउटा मात्र सञ्चालनमा थियाे।

असार २२ गतेदेखि सञ्चालनमा आएको रसुवागढी नाका पनि साउन ३२ देखि बन्द भएको छ। नेपाल र चीन दुवैतर्फ पहिरो गएपछि नाका पूर्णरूपमा बन्द छ।

यी दुई नाकाबाहेक चीनसँगको सीधा व्यापारमा प्रयोग हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि कोरोनाकै कारण यतिबेला ठप्प छ।

चिनियाँ पक्षलाई ‘हाइसञ्चो’

रसुवागढी नाका पहिरोले बन्द भएपछि चिनियाँ पक्षलाई ‘हाइसञ्चो’ भएको छ।

नेपालमा कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएपछि चीनले केरुङ नाका सञ्चालनमा ल्याउन चाहेको थिएन।

चीनले तातोपानी नाका मात्रै सञ्चालनमा ल्याउन चाहेको नेपाललाई अनौपचारिकरूपमा जानकारी नै गराएको थियो।

तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधपछि चिनियाँ पक्षले एकतर्फीरूपमा रसुवागढी नाका सञ्चालन गर्न सहमति दियो। तर, दैनिकरूपमा जम्मा चारवटा कन्टेनर मात्रै भित्रिने सर्तमा।

अहिले पहिराेले साे नाका पनि बन्द भएकाे छ।

रसुवागढी भन्सारका प्रमुख पूण्यविक्रम खड्काले चिनियाँ पक्षले चाहेमा नाका एक सातासम्ममा सञ्चालनमा आउने जानकारी दिए।

उनले भने, “नेपाल र चीन दुवैतर्फ पहिरो गएको हो। तर, उनीहरूले चाहेको अवस्थामा बढीमा एक सातासम्मा नाका सञ्चालनमा आउन सक्छ।”

खासगरी पछिल्लो समय नेपालमा कोभिड-१९ को जोखिम बढ्दै गएपछि चिनियाँ पक्ष सतर्क बनेका छन्। नेपालमा संक्रमित बढेको समयमा रसुवागढी नाका सञ्चालनमा राख्दा तिब्बतमा संक्रमणको जोखिम बढ्ने उनीहरूको निष्कर्ष छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले नाका खोल्न चाँडै पहल गर्नुपर्ने बताए। तातोपानी नाका बन्द भएको धेरै भइसकेको र रसुवागढी नाका पनि बन्द भएपछि आयात प्रक्रिया ठप्प भएको उनको भनाइ छ।

लगातार बन्द भएको नाका सञ्चालनमा आएको एक महिनामै बन्द हुँदा चीनबाट सामान आयात गर्ने व्यापारी मारमा परेको श्रेष्ठले बताए।

उनले भने, “झण्डै ६ महिनासम्म बन्द भएको नाका असार खुलेको थियो। तर, फेरि पहिरोले बन्द भयो।”

जसकारण कोरोना भाइरस फैलिनुअघि देखि नै मगाइएको सामान अहिलेसम्म नेपाल छिर्न सकेको छैन।

श्रेष्ठले भने, “एक महिना खुल्दा पनि जम्माजम्मी १५० वटा कन्टेनर नेपाल पसे।”

त्यसबाहेकका कन्टेनर नाकामै रोकिँदा व्यापारीको लगानी डुब्न थालेको छ। धेरै समय नाकामा रोकिँदा चीनबाट ल्याइएका फलफूल कुहिँदा थप समस्या भएको व्यापारीहरुको भनाइ छ।

यस्तै नाकामा लत्ताकपडा, जुत्ताचप्पल जस्ता वस्तुसमेत महिनौंदेखि अड्किएका छन्।

" /> काठमाडौं। असार २५ मा सिन्धुपाल्चोकको जम्बु बजार बगाएपछि चीनसँगको व्यापारिक नाका तातोपानी ठप्प छ।

"> चीनसँगका दुवै व्यापारिक नाका बन्द, व्यापारी मारमा: Dekhapadhi
चीनसँगका दुवै व्यापारिक नाका बन्द, व्यापारी मारमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्