टेलिकमले एसईईका विद्यार्थीलाई अफरसहितको निःशुल्क सिमकार्ड दिने
काठमाडौं। नेपाल टेलिकमले एसईईका विद्यार्थीका लागि विद्यार्थी अफर प्याकसहितको सिम निःशुल्क उपलब्ध गराउने भएको छ।

कम्पनीले पहिलेदेखि नै सिम बोकेका विद्यार्थीलाई टेलिकमले पुरानै सिममा समेत अफर उपलब्ध गराउने छ।

नयाँ सिम लिनका लागि विद्यार्थीहरूले एसईई प्रवेशपत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ।

सिम लिइसकेपछि अफर प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट स्टार १६०० ह्याज डायल गरी प्राप्त निर्देशनबमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम संवत) उल्लेख गर्नुपर्ने बताइएको छ।

नयाँ सिमकार्ड एक्टिभ भएपछि टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र पाँचवटा एसएमएस सुविधा उपलब्ध गराइने छ।

यस्तै १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक तीन हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा समेत दिइने छ।

नयाँ सिममा ५० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा पाइने बताइएको छ।
त्यसरी, बोनसवापत पाएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ

यस्तै, विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याकहरु उपलब्ध गराइने बताइएको छ। यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट स्टार १६०० ह्याचमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्छ।

त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रूपमा रजिष्ट्रर गर्दछ। यसरी रजिष्ट्रर भएका सिमकार्डबाट विद्यार्थी रजिष्ट्रेसन प्याक सजिलै प्राप्त गर्न सकिने टेलिकमले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्