काठमाडौं। सेयर बजारमा आज राति १२ देखि लागू हुने निषेधाज्ञाको नकारात्मक प्रभाव परेको छ। निषेधाज्ञाको निर्णयले लगानीकर्ता हतोत्साहित हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ अंकले ओरालो लागेको छ। निषेद्याज्ञा हुने भएपछि बजारमा सेयर बेच्न चाहनेहरुको भिड लागेपछि परिसूचक घटेको हो।
परिसूचक घट्दा १४०९ अंकबाट सुरु भएको नेप्से १३९१ अंकमा पुगेर बन्द भएको छ। यसक्रममा ९७ करोड ६२ लाख रुपैयाँ बराबरको ७४ लाख ७४ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।
काठमाडौं उपत्यकालाई तीन जिल्लाका सीडीओहरुले एक साताको निषेद्याज्ञा गर्ने निर्णय गरेपछि सेयर किन्नभदा बेच्नतर्फ लगानीकर्ताको होड चलेको थियो। फलस्वरुप आज नेप्सेमा कारोबार भएका १२ समूहमध्ये सबै समूह राताम्य भएका छन्। जसमध्ये सबैभन्दा बढी जिवन बीमा कम्पनीको सूचक घटेको छ।
त्यसपछि निर्जिवन बीमा कम्पनीको सूचक पनि ठूलो अंकले ओरालो लागेको छ। आज बजार घटे पनि समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेको छ। त्यसैगरी, बजार घट्दा आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १८ रुपैयाँले घटेको छ।