काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्न र विद्युतीय माध्यमबाट कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकले आज सूचना जारी गरेर विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता मिलाउन निर्देशन दिएको हो।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि काठमाडौंका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ कारोबार हुने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो।
एटीएममा राखिएको पैसाको प्रभावकारीरूपमा निगरानीको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ। त्यसैगरी, सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयसम्मका लागि आलोपालो मिलाई निश्चित कर्मचारीबाट मात्रै काम गर्ने व्यवस्था मिलाउन सूचनामा भनिएको छ।
त्यसैगरी, अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार हुने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
निषेधाज्ञाको अवस्थामा सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयमा लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबार सुचारू गर्ने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले भनेको छ।
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्न र विद्युतीय माध्यमबाट कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।राष्ट्र बैंकले आज सूचना जारी गरेर विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता मिलाउन निर्देशन दिएको हो।

">