काठमाडौं। वैदेशिक रोजगारीमा गएका नेपालीहरुसामु नेपाल पैसा पठाउन नयाँ वैकल्पिक माध्यम उपलब्ध भएको छ। नयाँ माध्यम प्रयोग गर्ने अवसर जुराएको हो, नेपाल इन्भेष्टमेन्ट बैंकले।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र वायरबेरलीबीच विप्रेषण (रेमिटान्स) कारोबार गर्ने सम्झौता भएको छ। यो सम्झौतासँगै विदेशमा रहेका नेपालीहरुलाई नेपाल पैसा पठाउन सहज हुने इन्भेष्टमेन्ट बैंकले जनाएको छ। सम्झौतापछि अस्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी वायरबेरलीको मोबाइल एप वा अनलाइन पोर्टल प्रयोग गरी रकम पठाउन सक्ने छन्।
वायरबेरलीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा हुनेछ। वायरबेरलीमार्फत पठाएको पैसा इन्भेष्टमेन्ट बैंकको रेमिटान्स सेवा पृथ्वी रेमिटका भुक्तानी काउन्टरबाट प्राप्त गर्न सकिने छ। देशभर पृथ्वी रेमिटका १० हजार काउन्टर छन्।
यो माध्यमबाट ग्राहकले छिटोछरितो तरिकाले रकम पठाउन र पाउन सक्ने इन्भेष्टमेन्ट बैंकको दाबी छ। देशभर ८२ शाखा र १२४ एटीएममार्फत सेवा दिइरहेको इन्भेष्टमेन्ट बैंकले वायरबेरलीसँगको सहकार्यले नेपालीहरूले सहज सेवा पाउने बताएको छ।
इन्भेष्टमेन्ट बैंकले भारतमा एक्सीस बैंक, अमेरिकामा पेपल, साउदी अरेबियामा बैंक अल्बिलद, अलराझी बैंक, साम्बा ग्रुप, यूएईमा वालस्ट्रिट एक्सचेन्ज, कतारमा सिटी एक्सचेन्ज, गल्फ एक्सचेन्ज, दक्षिण कोरियामा इ९पे रेमिटान्स र यूरोप तथा अन्य मुलुकबाट सेवा दिन ट्रान्सफर रेमिटान्ससँग सहकार्य गर्दै आएको छ।