काठमाडौंमा निषेधाज्ञा हुँदा सेयर बजारमा हरियाली

काठमाडौं। उपत्यकाको तीनै जिल्लामा निषेधाज्ञा गरिएको भए पनि आज सेयर बजारमा सुधार देखिएको छ।

कारोबार सुरु भएको दुई घन्टामा दोहोरो अङ्कले सेयर बजार बढेको थियो। दिउँसो दुई बजेसम्मको कारोबारमा भने नेप्से ६ अङ्कले बढेर १३९७.६३ अंक पुगेको छ।

सुरुको दुई घन्टामा १४ सयभन्दा माथि पुगेको नेप्से अहिले केही घटेको हो।

आज कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी व्यापार समूहको नेप्से २.०८ प्रतिशतले बढेको छ।

अहिलेसम्म २३ करोड ४१ लाख रूपैयाँ बराबरको ६ लाख ७९ हजार ५७२ कित्ता सेयर कारोबार भएको छ।