एप्पल बन्यो दुई ट्रिलियन मूल्यको पहिलो अमेरिकी कम्पनी

बीबीसी। अमेरिकी प्रविधि कम्पनी एप्पल अमेरिकाको पहिलो दुई ट्रिलियन मूल्यको कम्पनी बनेको छ।

एप्पल २०१८ मा पहिलोपटक १ ट्रिलियन मूल्यको कम्पनी बनेको थियो। तर, त्यसको दुई वर्षमै कम्पनीले आफ्नो मूल्य १ ट्रिलियन मूल्य बढाउँदै दुई ट्रिलियन मूल्यको कम्पनी बनेको छ।

बुधबार कम्पनीको सेयर मूल्य ४६७.७७ डलरले बढेपछि यस्तो किर्तिमान कायम भएको हो।

यसअघि, गत डिसेम्बरमा साउदी अरबको तेल कम्पनी आराम्को विश्वको पहिलो दुई ट्रिलियन बजार मूल्य भएको कम्पनी बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस्