काठमाडौं। भदौ १ गते बीएण्डबी मिटमार्टले बेच्न राखिएको २२ बोरा मरेका कुखुरा बरामद भएपछि एउटा प्रश्न जन्मिएको छ, “हामीले दैनिकरूपमा खपत गर्ने लाखौं किलो मासु कति स्वस्थ ?”
खासगरी, नेपालमा दैनिक ८ लाख किलो कुखुराको मासु खपत हुँदै आएको मासुमध्ये कति परिमाणको मासु पहिले नै मरिसकेका कुखुराबाट तयार पारिन्छ भन्ने प्रश्न उब्जिएको हो।
त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै झण्डै ५ लाख किलो कुखुराको मासु खपत हुन्छ। त्यसरी दैनिकरूपमा खपत हुने मासुमा मरेका कुखुरा समेत मिसाइने गरेको पछिल्लो पटक भदौ १ को घटनाले छर्लङ्ग पारेको छ।
राज्यमा नियमनकारी निकाय नभएको होइन। तर, उनीहरुलाई पनि बजारमा बिक्री भइरहेका मासुको गुणस्तरवारे कुनै जानकारी छैन। बजार अनुगमनलाई कर्मकाण्डमै सिमित गर्दा सरकारी निकायसँग बजारबारेका कुनै पनि डेटा छैनन्।
कोरोना भाइरस संक्रमणको महामारीका कारण विभिन्न चरणमा जारी गरिएका लकडाउन वा निशेधाज्ञाहरुका कारण देशैभरी मानिसका सामान्य गतिविधिहरु बर्जित छन्। आवागमन धेरै हदसम्म निशेधित छन्। सभा, सेमिनार र पार्टीहरु बन्द भएसँगै होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरु पनि खुलेका छैनन्। यिनै तथ्यलाई आधार बनाएर अधिकारीहरू हल्का पारामा भनिदिन्छन्, “आजकाल मासुको खपत घटेको छ।”
पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट मरेका कुखुरा बिक्रीमा राखिएको सार्वजनिक भइसके पनि कुखुराको मासु बिक्रीमा धेरै विकृत नरहेको दाबी गर्छन्। कोही कसैले बदमासी गर्दैमा समग्र कुखुरा विक्रेतालाई दोष दिन नमिल्ने उनको तर्क छ।
“कोही कसैले बदमासी गर्दैमा सबै कुखुरा बिक्रेतालाई बदमास भन्नु हुँदैन। त्यसरी मरेको कुखुराको मासु बेच्नेलाई व्यापारी भन्न मिल्दैन। उपभोक्ता ठग्ने त अपराधी हुन्छन्,” उनले भने।
भदौ १ को घटनापछि भने नियमनकारी निकाय वाणिज्य विभाग पनि नराम्ररी झस्किएको छ। विभागका महानिर्देशक रविन्द्र आचार्य पनि उपत्यकामा बिक्री हुने मासुको गुणस्तरमाथि शंका गर्नुपर्नेमा सहमत छन्। चाडबाडको समयमा मासुजन्य पदार्थको विक्रीमा अझै बढी अनियमितता हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने विशेष तयारी गरेको बताइएको छ।
“पहिलोपटक यति धेरै परिमाणमा मरेका कुखुरा बेच्ने गरेको पाइएपछि उपत्यकामा मरेको कुखुरा झुक्याएर बेच्ने गरेको हुन सक्नेमा सचेत हुनुपर्ने भएको छ,” उनले भने, “तर, सबै व्यवसायीले उपभोक्तालाई मरेको मासु नै खुवाउँछन् भन्ने पनि होइन।”
यसअघि साउन २७ मा बागलुङमा पनि मरेका कुखुरा बेच्न लाग्दा व्यवसायी फन्दामा परेका थिए।
बाग्लुङ नगरपालिकाको गैँडाकोटस्थित गोदाममा मरेका कुखुरा बेच्न तयारी गर्दैगर्दा स्थानीयले प्रशासनलाई जानकारी गराएका थिए। पछि प्रहरी र स्थानीय तहले ३० वटा मरेका कुखुरा बरामद गरी नष्ट गरेका थिए।
के भन्छन् उपभोक्ता अधिकारकर्मी ?
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मरेका कुखुराको मासु बेच्न लागेको पाइएपछि अनुगमनलाई तिब्रता दिनुपर्ने बताएका छन्।
“वाणिज्य विभागले अनुगमनलाई तिव्रता दिनुपर्छ। सँगै उपभोक्तालाई अस्वस्थ मासु बेचेर जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने व्यापारीलाई कडा कारबाही गर्नुपर्छ,” तिमल्सिनाले भने, “त्यसरी मरेका कुखुरा खाँदा उपभोक्ताको स्वास्थमा पर्ने गम्भीर असरबारे कसैले ध्यान दिइएको देखिँदैन।”
यस्तै, अर्का उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँले दैनिक रूपमा खपत हुने मासुको गुणस्तर ग्यारेन्टी गर्न सरकारले विशेष अभियान चलाउनुपर्ने बताए।
" /> काठमाडौं। भदौ १ गते बीएण्डबी मिटमार्टले बेच्न राखिएको २२ बोरा मरेका कुखुरा बरामद भएपछि एउटा प्रश्न जन्मिएको छ, “हामीले दैनिकरूपमा खपत गर्ने लाखौं किलो मासु कति स्वस्थ ?”खासगरी, नेपालमा दैनिक ८ लाख किलो कुखुराको मासु खपत हुँदै आएको मासुमध्ये कति परिमाणको मासु पहिले नै मरिसकेका कुखुराबाट तयार पारिन्छ भन्ने प्रश्न उब्जिएको हो।

">