तनहुँ। विनाशकारी भूकम्पले क्षति पुर्याएका तनहुँका ५२ प्रतिशत घरका पुनर्निर्माण सकिएको छ।
पूर्ण र आंशिक गरी कूल १५ हजार ९६३ लाभग्राही रहेकामा असार मसान्तसम्म ८ हजार ३८४ घरकाे पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ।
जिल्लामा पूर्णतर्फ १४ हजार ३९५ र आंशिकतर्फ एक हजार ५६८ गरी कूल १५ हजार ९६३ लाभग्राही छन्।
जिल्लामा सबैभन्दा बढी लाभग्राही भानु नगरपालिकामा चार हजार ८४५ र सबैभन्दा कम लाभग्राही घिरिङ गाउँपालिकामा ३३० रहेको इकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए।
इकाईका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई हजार २९३ घर निर्माण सम्पन्न भएको थियो।
त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा ३७१ र आर्थिक वर्ष ०७४/७५ मा दुई हजार ४५९ घर निर्माण सम्पन्न भएको थियो। रासस
" /> तनहुँ। विनाशकारी भूकम्पले क्षति पुर्याएका तनहुँका ५२ प्रतिशत घरका पुनर्निर्माण सकिएको छ।पूर्ण र आंशिक गरी कूल १५ हजार ९६३ लाभग्राही रहेकामा असार मसान्तसम्म ८ हजार ३८४ घरकाे पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ।

">