काठमाडौं। कोरोना महामारीको नकारात्मक प्रभावका बाबजुद नेपालको समग्र अर्थतन्त्र सकरात्मक राख्न सकेको भन्दै विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले अर्थमन्त्री डा. युवराज खतिवडाको प्रंशासा गरेका छन्। विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर र अर्थमन्त्री डा. युवराज खतिवडाबीच आज भिडियो कन्फरेन्स आयोजना गरिएको थियो।
कन्फरेन्समा सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट रहेको भन्दै धन्यवाद दिएका थिए। विभिन्न अवरोधका बाबजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा विश्व बैंकको वोर्डमा प्रस्तुत गर्ने आफ्नो योजना रहेको सेफरले बताए।
भिडियो कन्फरेन्समा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीले नेपालको अर्थतन्त्र, स्वास्थ्य र जनजीवनमा पारेको र पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरुबारे जानकारी गराएका थिए।
आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता दिएर रोजगारी सिर्जना गर्ने काममा नेपालले ध्यान दिएको अर्थमन्त्रीले बताएका छन्। त्यसबाहेक, ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र त्यसका लागि लागि आवश्यक स्रोत व्यवस्थापन चुनौतिपूर्ण भएको अर्थमन्त्रीले बताएका थिए।
कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको विश्व बैंकका उपाध्यक्षलाई जानकारी गराएका छन्।
प्रतिकूलताका वावजुद मुद्रास्फीति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अर्बभन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको अर्थमन्त्रीले बताएका छन्।
बिषम परिस्थितिमा पनि विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र इन्टरनेशनल डेभलपमेन्ट एशोसिएशन (आईडा) मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
विश्व बैंकका उपाध्यक्ष सेफरले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक स्रोतको अभाव परिपूर्ति गर्न हालको आईडा स्रोत अपर्याप्त हुने बताएका छन्। जसलाई वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा व्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सक्रियतामा दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेकाले त्यसका लागि सहयोग गर्न अर्थमन्त्री खतिवडालाई अनुरोध गरेका छन्।
" /> काठमाडौं। कोरोना महामारीको नकारात्मक प्रभावका बाबजुद नेपालको समग्र अर्थतन्त्र सकरात्मक राख्न सकेको भन्दै विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले अर्थमन्त्री डा. युवराज खतिवडाको प्रंशासा गरेका छन्। विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर र अर्थमन्त्री डा. युवराज खतिवडाबीच आज भिडियो कन्फरेन्स आयोजना गरिएको थियो।कन्फरेन्समा सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट रहेको भन्दै धन्यवाद दिएका थिए। विभिन्न अवरोधका बाबजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा विश्व बैंकको वोर्डमा प्रस्तुत गर्ने आफ्नो योजना रहेको सेफरले बताए।

">