काठमाडौं। सरकारले विदेशबाट उद्धार गरिएका व्यक्तिहरूलाई एकीकृत क्वारेन्टानमा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा एकीकृत क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनका लागि समिति गठन गरी उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
त्यसरी क्वारेन्टाइनमा रहँदा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन्। ‘‘वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानमार्फत आउने व्यक्तिहरूलाई एकीकृत क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा रहँदाको खर्च जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टाइन रहेको स्थानीय तहलाई कोषबाट उपलब्ध गराउने निर्णय भएको छ,’’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने।
वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार गरिएका बाहेक अन्यको हकमा भने एकीकृत क्वारेन्टाइनमा रहँदा लाग्ने खर्चवापतको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषबाट उपलब्ध गराउने निर्णय भएको उनले बताए । त्यस्तो रकम जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टाइन रहेका स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरिने मन्त्री खतिवडाले जानकारी दिए।
उद्धार उडानबाहेक स्वयं आउने व्यक्तिले भने क्वारेन्टाइनमा रहँदाको खर्च आफैंले ब्यहोर्नुपर्ने मन्त्री खतिवडाले प्रस्ट पारे।