काठमाडौं। तराईको समथर भूमिदेखि उच्च पहाडी जिल्लामा समेत खेती गर्न सकिने बाली हो भटमास। तर, उत्पादनको राम्रो सम्भावना बोकेको बाली भएपनि व्यावसायिक खेती ठूलो परिमाणमा उत्पादन नहुँदा वर्षेनी भटमास आयातमा नेपालको अर्बौं रूपैयाँ विदेशिने गरेको छ।
गत वर्ष मात्रै ३६ अर्ब रूपैयाँभन्दा बढी मूल्यको भटमास आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
नेपालले उक्त मूल्य बराबरको भटमासको बिउ, भटमासका दाना, भटमासबाट बन्ने वस्तु, भटमासको कच्चा र प्रशोधित आयात गरेको हो।
जसमध्ये सबैभन्दा बढी भटमासबाट बनेको खानेतेल आउने गरेको विभागले सार्वजनिक गर्ने तथ्यांकमा उल्लेख छ। भन्सार विभागका निर्देशक शिशिर घिमिरेले नेपालमा भटमास कच्चा पदार्थ र तयारी वस्तुको रूपमा आयात हुने गरेको बताए। भटमासबाट बन्ने खानेतेल प्रशोधित भएर फेरि भारततर्फ जाने गरी र पशुपछीको दाना उत्पादनलाई चाहिने कच्चा पदार्थको रूपमा आउँछ।
खाने तेलको रूपमा आउने तेललाई तयारी वस्तु र दाना बनाउन प्रयोग हुने र कच्चा तेलका रूपमा आउने तेललाई कच्चा पदार्थको रूपमा भन्सार विभागले लिएको छ। यस्तै, दाना उद्योग संघका अध्यक्ष रविन पुरीले पनि पशुपछीको दाना उत्पादनका लागि भटमास प्रयोग हुने बताए। उनले भटमास बनाउन चाहिने कूल कच्चा पदार्थमध्ये ४० प्रतिशत हिस्सा भटमासले ओगट्ने बताए।
अनियन्त्रित रूपमा बढ्दै छ आयात
नेपालले आर्थिक वर्ष २०७४/७५ मा विदेशबाट २६ अर्ब रूपैयाँको भटमासका दाना, भटमासको तेल र भटमासबाट बनेका वस्तुको आयात गरेको थियो। त्यस वर्ष नेपालले २ अर्ब ४५ करोडको भटमासका दाना, ९ अर्ब ७५ करोडको भटमासबाट बनेका वस्तु र १३ अर्ब रूपैयाँको खानेतेल आयात गरेको देखिन्छ।
यस्तै, अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २८ अर्ब रूपैयाँभन्दा बढीको भटमास र भटमासजन्य वस्तुको आयात भएको थियो। सो वर्ष ५ अर्ब ८६ करोडको भटमासका दाना, ९ अर्ब ३१ करोडको भटमासबाट बनेको वस्तु र १३ अर्ब ४५ करोडको भटमासको तेल आएको थियो।
यस्तै, सबैखाले गरी गत वर्ष ३६ अर्ब रूपैयाँको भटमासका दाना, तेल र भटमासबाट बन्ने केकलगायतका वस्तु आएको छ। ८ अर्ब ७५ करोडको भटमासका दाना, ८ अर्ब ६७ करोडको भटमासबाट बनेका वस्तुको र १८ अर्ब ७४ करोडको खानेतेल आएको थियो।
यसरी तीन वर्षको अवधिमा नेपालमा विदेशबाट आयात हुने भटमासको आयात मूल्य १० अर्ब बढेको छ।
बढेन स्वदेशमा उत्पादन
अघिल्ला तीन वर्षको तथ्यांक हेर्दा नेपालमा भटमासको उत्पादन कछुवाको गतिमा उकालो लाग्दै छ। तीन वर्षमा १० अर्ब रूपैयाँभन्दा बढी रूपैयाँले आयात बढेपनि त्यही तुलनामा उत्पादन बढ्न नसकेको तथ्यांकले देखाउँछ। कृषि तथा पशुपछी विकास मन्त्रालयले निकालेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा नेपालमा २९ हजार मेट्रिक टन भटमास उत्पादन भएको थियो।
नेपालबाट भारततर्फ भटमासको खानेतेल निर्यात समेत हुने गरेको छ। तर, त्यसरी हुने निर्यात गत आर्थिक वर्षमा भने एकाएक बढेको भन्सार विभागले जानकारी दिएको छ।
तर, २०७४/७५ मा उत्पादन घटेर २७ हजार मेट्रिक टनमा सिमित भएको थियो। एक वर्षमै नेपालको उत्पादन २ हजार मेट्रिकटनले घटेको थियो। यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा नेपालमा भने उत्पादन बढेर ३१ हजार मेट्रिक टन पुगेको थियो। मन्त्रालयले गत वर्षमा भएको भटमासको तथ्यांक भने संकलन गरिसकेको छैन।
खानेतेलको निर्यात
नेपालबाट भारततर्फ भटमासको खानेतेल निर्यात समेत हुने गरेको छ। तर, त्यसरी हुने निर्यात गत आर्थिक वर्षमा भने एकाएक बढेको भन्सार विभागले जानकारी दिएको छ। विभागका अनुसार गत वर्ष नेपालबाट १३ अर्ब ४५ लाख रूपैयाँको तेल निर्यात भएको थियो। यद्यपी, यसरी निर्यात हुने तेल नेपालमा उत्पादित भटमासको भने होइन।
विदेशाबट कच्चा भटमासको खानेतेल ल्याउने र नेपाली उद्योगमा प्रशोधन र प्याकेजिङ गरेर भारततर्फ पठाउने गरिएको छ।अघिल्ला वर्षहरूमा भने नेपालबाट धेरै तेल निर्यात हुने गरेको थिएन्। आर्थिक वर्ष २०७५/७६ मा नेपालले २ अर्ब ५७ करोडको तेल निर्यात गरेको थियो। त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा १२ करोड १७ लाख रूपैयाँको निर्यात भएको थियो।
" /> काठमाडौं। तराईको समथर भूमिदेखि उच्च पहाडी जिल्लामा समेत खेती गर्न सकिने बाली हो भटमास। तर, उत्पादनको राम्रो सम्भावना बोकेको बाली भएपनि व्यावसायिक खेती ठूलो परिमाणमा उत्पादन नहुँदा वर्षेनी भटमास आयातमा नेपालको अर्बौं रूपैयाँ विदेशिने गरेको छ।गत वर्ष मात्रै ३६ अर्ब रूपैयाँभन्दा बढी मूल्यको भटमास आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

">