तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका-१, झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केबल टनेल ब्रेक थ्रु’ भएकाे छ।
१४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको काम भने सुरू भएकाे छैन।
आयोजनाका प्रबन्धक श्यामजी भण्डारीले १८८ मिटर केबल टनेल ब्रेक थ्रु भएकाे जानकारी दिए।
“केबल टनेलको ब्रेक थ्रु भएको छ, अब विद्युत गृह निर्माणको काम सुरु हुन्छ, त्यसका लागि तयारी भइरहेको छ,” भण्डारीले भने।
भण्डारीका अनुसार कोभिड-१९ का कारण सुरुआती चरणमा केही समयका लागि काममा असर परे पनि हाल निरन्तर काम भइरहेको छ। केबल टनेलबाट विद्युत् गृहमा तारहरू लगिनेछ।
“कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि पहिलोपटक गरिएको बन्दाबन्दीले केही समय आयोजनाको काम प्रभावित भयो,” उनले भने, “पछि सरकारले ठूला आयोजनाहरूमा सुरक्षा सावधानी अपनाएर काम गर्न दिने निर्णय भएपछि स्थानीय प्रशासनसँग समन्वय गरेर कामलाई अगाडि बढाएका छाैं।”
आयोजनाका लागि खटिएका कामदार आयोजनाकै क्याम्पमै बसिरहेका छन्।
आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केबल टनेल’ खन्ने काम सुरु गरेको थियो। सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ। रासस
" /> तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका-१, झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केबल टनेल ब्रेक थ्रु’ भएकाे छ।१४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको काम भने सुरू भएकाे छैन।

">