काठमाडौं। आज काठमाडौं उपत्यकाका केही स्थानमा विद्युत कटौती हुँदैछ। नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युत कटाैती गर्न लागेको हो। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।
पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् कटौती हुने प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयले बताइन्।
प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो।
तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। आज काठमाडौं उपत्यकाका केही स्थानमा विद्युत कटौती हुँदैछ। नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युत कटाैती गर्न लागेको हो। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् कटौती हुने प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयले बताइन्।

">