तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन्।

आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेस गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका छन् ।

“असार २३ गते (जुलाई ७) सम्म तीनवटा कम्पनीले बोलपत्र पेश गरेका थिए”, भण्डारीले भने, “प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएका छौँ।” अगष्टभित्रै एडिबीबाट स्वीकृत हुने अनुमान छ ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली विकास बैंक (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको थियो।

पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत २२ वैशाखमा पुनः बोलपत्र आह्वान गरेको थियो। त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चारवटा कम्पनीले बोलपत्र पेश गरेका थिए। तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ। पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । रासस

" /> तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन्।

आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेस गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका छन् ।

“असार २३ गते (जुलाई ७) सम्म तीनवटा कम्पनीले बोलपत्र पेश गरेका थिए”, भण्डारीले भने, “प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएका छौँ।” अगष्टभित्रै एडिबीबाट स्वीकृत हुने अनुमान छ ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली विकास बैंक (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको थियो।

पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत २२ वैशाखमा पुनः बोलपत्र आह्वान गरेको थियो। त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चारवटा कम्पनीले बोलपत्र पेश गरेका थिए। तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ। पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । रासस

"> तनहुँ जलविद्युत् आयोजना : पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र: Dekhapadhi
तनहुँ जलविद्युत् आयोजना : पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र
तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन्।

आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेस गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका छन् ।

“असार २३ गते (जुलाई ७) सम्म तीनवटा कम्पनीले बोलपत्र पेश गरेका थिए”, भण्डारीले भने, “प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएका छौँ।” अगष्टभित्रै एडिबीबाट स्वीकृत हुने अनुमान छ ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली विकास बैंक (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको थियो।

पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत २२ वैशाखमा पुनः बोलपत्र आह्वान गरेको थियो। त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चारवटा कम्पनीले बोलपत्र पेश गरेका थिए। तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ। पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्