काठमाडौं। टेस्ला एअर कन्डिसनर (फिलर)ले सेप्टेम्बरसम्ममा तीन नयाँ मोडलका ए.सी. ल्याउने भएको छ। भू-लक्ष्मी ग्रुपअन्तर्गतको टेस्ला एअर कन्डिसनरले नेपाली बजारमा जापनीज कम्प्रेसरसहितको ए.सी. ल्याउने भएको हो।
कम्पनीका अनुसार आगामी सेप्टेम्बरमा आउने टेस्लाका मोडलमा काठमाडौं उत्पत्यकाका पर्यटकीय गन्तव्यको फोटोहरू राखिएका हुनेछन्।
जसले गर्दा टेस्ला ब्राण्डका प्रयोगकर्तालाई नेपाली ब्राण्डको अनुभूति दिने कम्पनीले बताएको छ।
टेस्लाले बजारमा नेपाली ब्राण्डको ए.सी. बिक्री वितरण गर्दै आएको छ। टेस्लाले ल्याउने नयाँ मोडलका ए.सी.मा जडान हुने तारहरू १०० प्रतिशत तामाबाट बनेका हुनेछन्।
यस्तै टेस्लाले ल्याउने ए.सी.मा तीन प्रकारका विशेषताहरू हुनेछन्। कम्पनीले ल्याउने यो मोडेलले कम ऊर्जा खपत गर्ने बताइएको छ।
यसमा ऊर्जा खपतको अनुपात ३ः५३ रहेको छ। जसले यो मोडेल ऊर्जामैत्री भएको देखिन्छ। यस्तै यो मोडेलको ए.सी. वातावरण अनुकूल रहेको समेत कम्पनीको भनाइ छ।
यो मोडेलमा अन्य ए. सी.मा जस्तो कोठाको तापक्रम ठिक हुनलाई आधा घन्टा पनि कुर्नुपर्ने छैन। यसको टुर्बो विशेषताले कोठाको तापक्रमलाई तुरुन्तै ठिक गरिदिन्छ।
यो ए.सी.मा स्वचालित पुनःसञ्चालनसमेत छ। यसको अर्थ जब एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफैं पत्ता लगाउँछ।
यसको केही समयपछि यो एसीले कोठाको परिवर्तित तापक्रमअनुसार आफैं काम गर्न थाल्छ। त्यसैले कोठाको तापक्रम घटबढ हुँदा आफैंले ए.सी. मिलाउनु पर्ने झन्झटबाट यस्ले छुटकारा दिलाउने कम्पनीको भनाइ छ।
टेस्ला ए.सी. उत्पादन गर्ने नेपाली ब्राण्ड हो। यसले विदेशमा नेपाली ब्राण्डको ए.सी. बनाएर नेपालमा बिक्री वितरण गर्दै आएको छ।
" /> काठमाडौं। टेस्ला एअर कन्डिसनर (फिलर)ले सेप्टेम्बरसम्ममा तीन नयाँ मोडलका ए.सी. ल्याउने भएको छ। भू-लक्ष्मी ग्रुपअन्तर्गतको टेस्ला एअर कन्डिसनरले नेपाली बजारमा जापनीज कम्प्रेसरसहितको ए.सी. ल्याउने भएको हो।कम्पनीका अनुसार आगामी सेप्टेम्बरमा आउने टेस्लाका मोडलमा काठमाडौं उत्पत्यकाका पर्यटकीय गन्तव्यको फोटोहरू राखिएका हुनेछन्।

">