काठमाडौं। राजस्व अनुसन्धान विभागले भारतबाट लुकाईछिपाई कपडा चोरी पैठारी गरी करिब तीन करोड २० लाख राजस्व छली गरेको अभियोगमा ६ जनाविरूद्ध मुद्दा चलाएको छ।
विभागले तीन करोड १९ लाख ७७ हजार रूपैयाँ विगो कायम गरी वीरगञ्ज उपमहानगरपालिका–१० पर्साका रजनिशकुमार गुप्ता, खैरहनी–३ चितवनका राजु (राजेन्द्र) थापालगायत ६ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
उनीहरूले भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याबिन) बनाई भन्सारबाट कपडा पैठारी गरी उक्त रकम बराबरको राजस्व चुहावट गरेको विभागको दाबी छ।
विभागले विगो बराबरको रकम असुली, जरिवाना र कैदका साथै बरामद भएको कपडा र उक्त कपडा ढुवानीमा प्रयोग भएको युपी ७८ सीएन ३४६५ नम्बरको भारतीय ट्रकसमेत जफत गर्न मागदाबी गरेको छ।
उक्त राजस्व छलीको घटनामा मुख्य भूमिका खेलेका अभियुक्तद्वय गुप्ता र थापाले यसअघि पनि पटक–पटक गरी पाँच पटक भन्सारबाट कपडाको चोरी पैठारी गरी राजस्व छली गरेको विभागले जनाएको छ।
बाराको कलैगा नगरपालिका–८ घर भई काठमाडौंमा कपडा पसल सञ्चालन गर्दै आएका रञ्जितकुमार गुप्ताले पनि उनीहरूलाई राजस्व छलीमा सहयोग गर्ने गरेको विभागले उल्लेख गरेको छ।