विराटनगर। उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यावसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले माग गरेका छन्।
दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेको हस्ताक्षरमा जारी विज्ञप्तिमा अझै लामो समयसम्म महामारी रहिरहने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको सन्दर्भमा सङ्मक्रणको जोखिमबाट बच्न स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्ने जनाइएको छ।
संक्रमणबाट जोगिने एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, निर्मलीकरण गर्ने तथा साबुनपानीले हातधुने भएकाले यसको प्रयोगलाई सबै उद्योगी व्यापारीले कडाइका साथ पालना गर्न अपील गर्दै महामारीको यस अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुर्याउँदै आएका उद्योग व्यवसायलाई सहजरूपमा सञ्चालन गर्न आवश्यक वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग आग्रह गरिएको छ।
" /> विराटनगर। उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यावसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले माग गरेका छन्।दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेको हस्ताक्षरमा जारी विज्ञप्तिमा अझै लामो समयसम्म महामारी रहिरहने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको सन्दर्भमा सङ्मक्रणको जोखिमबाट बच्न स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्ने जनाइएको छ।

">