काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउँदै गरेको युरिया मल नेपाल आउन थालेको छ।
कर्पोरेसनको रासायनिक मल बोकेका कन्टेनर भारतको कलकत्ताबाट नेपालतर्फ छुटिसकेका छन्।
कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले ट्रकमार्फत् १८ हजार बोरा युरिया मल विराटनगरतर्फ आएको बताए। उनले १८ हजार बोरामा ९०० मेट्रिक टन मल नेपाल आएको उनको भनाइ छ।
यस्तै रेलमार्फत् २५ सय मेट्रिक टन युरिया मल वीरगञ्जका लागि हिँडेको साल्ट ट्रेडिङले जानकारी दिएको छ। यसरी ट्रक र रेलमार्फत् तीन हजार ४०० मेट्रिक टन मल नेपालका लागि आउँदै गरेको र बाँकी मल कलकत्तामै छ।
कलकत्तामा रहेको मल पनि एक साताभित्र ल्याइसक्ने साल्ट ट्रेडिङले बताएको छ। तीन हजार ४०० मेट्रिक टन नेपालतर्फ आएपछि कलकत्तामा अब २८ हजार ६०० मेट्रिक टन मल बाँकी छ।
कर्पोरेसनले यसअघि लकडाउन अवधिमा ५० हजार मेट्रिक टन डीएपी मल भित्र्याएर वितरण गरिसकेको छ।
कृषि सामग्री कम्पनीको दुई सातामा कलकत्ता
कृषि सामग्री कम्पनी लिमिटेडले ल्याउन लागेको ५० हजार मेट्रिक टन मल दुई सातासम्म कलकत्ता बन्दरगाहमा आइपुग्न सुरू गर्ने बताइएको छ।
कम्पनीका प्रवक्ता विष्णु पोखरेलले मध्यपूर्वबाट मल कलकत्तातर्फ पठाइसकिएको छ। जसकारण, अर्को सातासम्ममा कलकत्ता बन्दरगाह आइपुग्ने कम्पनीले बताएको छ।
कम्पनीले २५/२५ हजार मेट्रिक टन गरी दुई लटमा युरिया मल ल्याउँदैछ। कलकत्तामा मल आइपुगेको एक सातामा नेपाल आइपुग्ने अनुमान कम्पनीले गरेको छ।
यसअघि कम्पनीले २३ हजार मेट्रिक टन डीएपी मल ल्याएको थियो। त्यसमध्ये अब कम्पनीसँग जम्मा ६ हजार मेट्रिक टन मल बाँकी छ।
किन ढिलो भयो मल आयात ?
धानको बीउ राख्दादेखि अभाव भएको मल रोपाइँ हुँदै गोडमेल गर्ने बेलासम्म पनि आवश्यकताअनुसार पूर्ति हुन सकेको छैन। कृषकहरू मलको खोजीमा भौँतारिरहँदा आयातको जिम्मेवारी पाएका सरकारी कम्पनीहरूले मल ल्याउनै सकेका छैनन्।
विदेशबाट रासायनिक मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र छ। उनीहरूले तोकिएको समयमै मल आयात गर्न नसक्दा कृषक मारमा परेका हुन्।
ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले कोरोना महामारीका कारण समयमा मल आयात गर्न नसकिएको बताए।
उनले भने, “महामारीका कारण कलकत्तामा आइपुगेको मल अनलोड हुनै सकेन। कामदारले डराएर मल अनलोड नगर्दा दुई महिनासम्म मल जहाजै बस्यो।”
यस्तै मल अनलोड गरेपछि पानी पर्ने तथा लकडाउन र निषेधाज्ञाका कारणले आयात सहजरूपमा गर्न नसकेको उनको भनाइ छ।
कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलको पनि साल्ट ट्रेडिङकै जस्तो जवाफ दिए। भने, “महामारीका कारण कामदार अभाव हुँदा मल समयमै ल्याउन सकिएन।”
" /> काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउँदै गरेको युरिया मल नेपाल आउन थालेको छ।कर्पोरेसनको रासायनिक मल बोकेका कन्टेनर भारतको कलकत्ताबाट नेपालतर्फ छुटिसकेका छन्।

">