काठमाडौं। साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले सुधारिएको छ।
२१ दशमलव २६ अंकले बढेको नेप्से परिसूचक १४३१ अंकमा पुगेको रोकिएको छ।
कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको शेयर बजारमा आज दुई अर्ब १३ करोड ९२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै आज ४९ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जानकारी दिएको छ।
शेयर बजार परिसूचक २१ अंकले बढे पनि आज होटल समूह भने घटेको छ। आज होटल समूह १ दशमलव ४२ अंकले घटेको हो।
त्यसबाहेकका अन्य सबै समूहमा सुधार आएको छ। जसमध्ये जीवन बीमा समूह १६२ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूह १२८ अंकले सुधारिएको छ।
शेयर बजारमा आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता ६ दशमलव ९० प्रतिशतले बढेको छ।
यस्तै आज सेन्सेटिभ परिसूचक ३ दशमलव ५९ अंकले बढेर २९३ अंकमा पुगेर बन्द भएको छ।
" /> काठमाडौं। साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले सुधारिएको छ।२१ दशमलव २६ अंकले बढेको नेप्से परिसूचक १४३१ अंकमा पुगेको रोकिएको छ।

">