काठमाडाैं। गत आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश पठाउने पैसा (रेमिट्यान्स) ०.५ प्रतिशतले मात्रै घटेको छ। गत आर्थिक वर्षमा आठ खर्ब ७५ अर्ब तीन करोड रेमिट्यान्स नेपाल आएको नेपाल राष्ट्र बैंकले बताएको छ।
विश्वव्यापी बनेको कोभिड-१९ महामारीका कारण रेमिट्यान्स आप्रवाहमा ठूलो गिरावट आउने आकलन विपरीत निकै कम मात्रै रेमिट्यान्स घटेको हो।
आर्थिक वर्ष २०७५/७६ मा विदेशबाट आठ खर्ब ७९ अर्ब रेमिट्यान्स आएको थियो। राष्ट्र बैंकले गत आर्थिक वर्षमा नेपाल आउने रेमिट्यान्स आठ खर्बभन्दा नबढ्ने प्रक्षेपण गरेको थियो।
आर्थिक वर्ष २०७५/७६ मा आएको रेमिट्यान्स नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको अनुपात २५.४ प्रतिशत थियो। त्यसअघिको वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा नेपालमा आउने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो। तर, गत वर्षको तुलनामा यस वर्ष भने ०.५ प्रतिशतले अर्थात करिब चार अर्ब रूपैयाँले घटेको छ।
नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरू कोरोना महामारीको चपेटामा परेका कारण त्यहाँ लाखौँ नेपालीले रोजगारी गुमाउने र नेपाल आउने रेमिट्यान्स करिब १४ प्रतिशतसम्मले घट्ने आकलन गरिएको थियो। कोरोना महामारी कायम रहिरहँदा चालु आर्थिक वर्षमा पनि रेमिट्यान्स घट्न सक्छ।
आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ।
अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।
" /> काठमाडाैं। गत आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश पठाउने पैसा (रेमिट्यान्स) ०.५ प्रतिशतले मात्रै घटेको छ। गत आर्थिक वर्षमा आठ खर्ब ७५ अर्ब तीन करोड रेमिट्यान्स नेपाल आएको नेपाल राष्ट्र बैंकले बताएको छ।विश्वव्यापी बनेको कोभिड-१९ महामारीका कारण रेमिट्यान्स आप्रवाहमा ठूलो गिरावट आउने आकलन विपरीत निकै कम मात्रै रेमिट्यान्स घटेको हो।

">