काठमाडौं। विश्वव्यापी महाव्याधी बनेको कोभिड-१९ ले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्र सुधारमा भने सकारात्मक सहयोग गरेको छ।
कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि भएको लकडाउनको कारण नेपालमा आयात ठूलो मात्रा घट्दा नेपालमा शोधानान्तर स्थितिमा उल्लेख्य सुधार आएको तथ्यांक सहितको प्रतिवेदन नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको छ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन आज प्रकाशन गरेको छ।
प्रतिवेदनअनुसार, नेपालको शोधानान्तर स्थिति दुई खर्ब ८२ अर्ब ४१ करोड रूपैयाँले बचतमा छ। अघिल्लो आर्थिक वर्ष शोधानान्तर ६७ अर्ब ४० करोड रूपैयाँले घाटामा थियो। एउटा देशले अन्य विदेशी मुलुकसँग गर्ने कारोबारको हिसाब नै शोधानान्तर हो।
नेपाल र अन्य सबै देशसँग आयात निर्यातका लागि हुने वित्तीय लेनदेन शोधानान्तारमा समेटिएको हुन्छ। नेपालबाट विदेशमा धेरै पैसा जाने र नेपालमा पैसा आउने क्रम घट्दा शोधानान्तर घट्छ। तर, विदेशबाट नेपालमा पैसा आइरहने र नेपालबाट भने पैसा नबाहिरिने हुँदा शोधानान्तर बढ्छ।
आर्थिक वर्षमा नेपालमा हुने आयात घटेको र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स खासै प्रभावित नहुँदा नेपालको शोधानान्तर मजुबुत भएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। त्यसैगरी, गत आर्थिक वर्षमा नेपालले गर्ने आयात १५.६ प्रतिशतले घटेको छ।
गत वर्ष ११ खर्ब ९६ अर्ब ८० करोड रूपैयाँ बराबरको आयात भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशतले घटेको छ।
गत वर्ष निर्यातमा भने ०.६ प्रतिशतले मात्रै सुधार भएको छ। गत वर्षभरिमा ९७ अर्ब ७१ करोड रूपैयाँ बराबरको निर्यात नेपालले गर्न सकेको छ।
गन्तव्यका आधारमा भारततर्फ ११.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३.५ प्रतिशत र १८.२ प्रतिशतले घटेको छ।
वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडीबुटी, प्लाष्टिकका भाँडा, फलफूललगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, उनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड रूपैयाँ कायम भएको छ।
अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो। व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत रहेको छ। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो।
२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड पुगेको केन्द्रीय बैंकको तथ्यांक छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले बताएको छ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मूल्य वृद्धि भने अघिल्लो वर्षको तुलनामा केही बढेको छ।
आर्थिक वर्ष २०७६/७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो।
" /> काठमाडौं। विश्वव्यापी महाव्याधी बनेको कोभिड-१९ ले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्र सुधारमा भने सकारात्मक सहयोग गरेको छ।कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि भएको लकडाउनको कारण नेपालमा आयात ठूलो मात्रा घट्दा नेपालमा शोधानान्तर स्थितिमा उल्लेख्य सुधार आएको तथ्यांक सहितको प्रतिवेदन नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको छ।

">