काठमाडौं। निषेधाज्ञाका कारण तरकारीको भाउ आकाशिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कालीमाटी फलफूल तथा तरकारी बजार पुगेका छन्।
आपूर्तिमन्त्री भट्ट तरकारीको मूल्य बढ्नुको कारण बुझ्न आज बिहान छड्के अनुगमनमा गएका हुन्।
अनुगमनका क्रममा व्यवसायीहरूले कोरोना भाइरसबाट बच्नका लागि आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड प्रयोग गरे/नगरेको समेत जानकारी लिएका थिए।
बल्खु र कालीमाटीको फलफूल र तरकारी बजारमा पुगेका मन्त्री भट्टले तरकारीसँगै खाद्यान्नको मूल्य बारे समेत चासो राखेका थिए।
छड्के अनुगमनपछि उनले उपभोक्तालाई सहज मूल्यमा तरकारी तथा खाद्यान्न उपलब्ध गराउन व्यवसायीहरूलाई निर्देशनसमेत दिएका छन्।
" /> काठमाडौं। निषेधाज्ञाका कारण तरकारीको भाउ आकाशिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कालीमाटी फलफूल तथा तरकारी बजार पुगेका छन्।आपूर्तिमन्त्री भट्ट तरकारीको मूल्य बढ्नुको कारण बुझ्न आज बिहान छड्के अनुगमनमा गएका हुन्।

">