नेपालगञ्‍ज। वर्षौँपछि बल्लतल्ल टेण्डर भएको बाँकेको संयुक्त जाँचचौकी (सुख्खाबन्दरगाह) निर्माणको काम अझै शुरू भएको छैन।

झण्डै ९ वर्षको पर्खाइपछि बन्दरगाह क्षेत्रमा नेपालका तर्फबाट सुरक्षाकर्मीको बसोबास र कार्यालय भवनका लागि ५० लाखमा ठेक्का भएकोमा माउण्टेन कैलाश निर्माण कम्पनीसँग ठेक्का सम्झौता हुन बाँकी नै रहेकाले निर्माणको काम अघि बढ्न नसकेको हो।

सम्झौताका लागि कागजी प्रक्रिया अघि बढिरहेकै अवस्थामा कोभिड-१९ महामारीका कारण ठेकेदार कम्पनीसँग सम्झौता रोकिएको आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्‍जिनियर होमनाथ भुषालले बताए।

बाँकेको नेपाल-भारत सीमा क्षेत्रमा संयुक्त जाँचचौकी (सुख्खाबन्दरगाह) निर्माणको काम अब कहिलेदेखि शुरू हुन्छ, त्यसको निर्क्यौल गर्न नसकिएको भुषालले बताए।

दुई देशबीचको सम्झौताबमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरमा सुख्खाबन्दरगाह बन्न लागेको हो। बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन अधिग्रहण गरिसकेको छ।

अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने र बाँकी २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको भुषालले जानकारी दिए।

सुख्खाबन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फबाट हुने सम्झौता भएको हो । यद्यपी नौ वर्षअघि भएको सम्झौताअनुसार सुख्खाबन्दरगाह निर्माण क्षेत्रमा केही कार्यालय संरचनाबाहेक अन्य पूर्वाधार निर्माणका काम भएको छैन।

“भारत सरकारले नै बनाउने सम्झौता भएकाले हामीले पर्खी बस्नु बाहेक अरु केही गर्न पनि सक्दैनौँ”, इञ्‍जिनियर भुषालले भने।

" /> नेपालगञ्‍ज। वर्षौँपछि बल्लतल्ल टेण्डर भएको बाँकेको संयुक्त जाँचचौकी (सुख्खाबन्दरगाह) निर्माणको काम अझै शुरू भएको छैन।

"> संयुक्त जाँचचौकी निर्माणमा ढिलाइ: Dekhapadhi
संयुक्त जाँचचौकी निर्माणमा ढिलाइ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्