काठमाडौं। केही समयअघि नेपालमा चर्चाको केन्द्रमा थियो बेसार। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बेसारको फाइदा र महत्वका विषय सम्बोधन गरेपछि सर्वत्र चर्चाको विषय बनेको थियो।
त्यतिबेला प्रधानमन्त्री ओलीले बेसारको महत्व र फाइदाको विषयमा जानकारी दिँदा विरोध भएपनि बेसार औषधीय गुण भएको वस्तु हो भन्ने तथ्य छोप्न सकिँदैन। एकातिर प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध भयो भने अर्कोतिर भटाभट बेसारको माग बढ्यो। नेपालमा बेसारको माग बढेसँगै विदेशबाट आउने बेसारको मूल्य र परिमाण पनि बढ्न थालेको छ।
फलस्वरूपः चालू आर्थिक वर्षको पहिलो महीना साउनमा मात्रै विदेशबाट ४ लाख ४६ हजार किलोग्राम बेसार आयात भएको छ। यसक्रममा नेपालबाट पाँच करोड ३७ लाख रूपैयाँ बाहिरिएको भन्सार विभागले सार्वजनिक गरेको साउन महीनाको तथ्यांकमा उल्लेख छ। र, व्यवसायीले बेसार आयात गर्ने क्रममा सरकारलाई साउन महीनामै ५२ लाख ३४ हजार रूपैयाँ राजश्व बुझाएका छन्।
नेपालले गत आर्थिक वर्ष २०७६/७७ को साउनमा २ करोड ५८ लाख रूपैयाँको मात्रै बेसार आयात गरेको थियो। तर, अघिल्लो वर्षको तुलनामा यो वर्षको साउनमा २ अर्ब ७९ करोड रूपैयाँले आयात बढेको छ।
वर्षमै ५० करोडको बेसार आयात
नेपालले गत आर्थिक वर्ष २०७६/७७ मा विदेशबाट ३८ लाख ४३ हजार किलो बेसार आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। त्यसक्रममा नेपालबाट ४९ करोड ६२ लाख ५७ हजार रूपैयाँ बाहिरिएको विभागले जनाएको छ। यस्तै, बेसार आयातका क्रममा गत वर्ष १३ करोड ४९ लाख ८ हजार रूपैयाँ राजश्व संकलन भएको छ।
नेपालले छिमेकी मुलुक भारत र म्यानमारबाट बेसार आयात गर्दै आएको छ। गत वर्ष सबैभन्दा बढी बेसार भारतबाट आयात गरेको देखिन्छ। भारतबाट मात्रै ४७ करोड ९२ लाख रूपैयाँको बेसार आयात गरेको छ। त्यसबाहेक म्यानमारबाट एक करोड ६९ लाख रूपैयाँको बेसार आयात भएको विभागले जानकारी दिएको छ।
नेपाली बजारमा बेसार
नेपाली बजारमा बेसारको प्रयोग दैनिक रूपमा हुने गरेको छ। बेसारलाई तरकारी पकाउँदा मसलाको रूपमा पनि प्रयोग गरिन्छ। यस्तै, रुघा/खोकी लाग्दा औषधीको रूपमा बेसारलाई प्रयोग गरिन्छ। यसका साथै, पिनास पर्दा दहीमा बेसार हालेर प्रयोग गर्दा रोग हट्छ भन्ने मान्यता समेत भेटिन्छ।
नेपालमा तराईदेखि उच्च हिमाली भेगमा पनि बेसारको खेती गरिँदै आएको छ। तर, त्यसरी गरिने खेती घरायसी प्रयोजनका लागि मात्रै हुँदै आएको छ। हालसम्म व्यवसायिक रूपमा बेसारको खेती भएको छैन। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा बेसारको मूल्य प्रतिकेजी ३०० रूपैयाँ रहेको ताए। उनले भने, “बजारमा बेसारको भाउ एक वर्षदेखि स्थिर नै छ। तर, माग बढेको छ।”
" /> काठमाडौं। केही समयअघि नेपालमा चर्चाको केन्द्रमा थियो बेसार। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बेसारको फाइदा र महत्वका विषय सम्बोधन गरेपछि सर्वत्र चर्चाको विषय बनेको थियो।त्यतिबेला प्रधानमन्त्री ओलीले बेसारको महत्व र फाइदाको विषयमा जानकारी दिँदा विरोध भएपनि बेसार औषधीय गुण भएको वस्तु हो भन्ने तथ्य छोप्न सकिँदैन। एकातिर प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध भयो भने अर्कोतिर भटाभट बेसारको माग बढ्यो। नेपालमा बेसारको माग बढेसँगै विदेशबाट आउने बेसारको मूल्य र परिमाण पनि बढ्न थालेको छ।

">