सप्तरी। हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरूपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ तस्करीका लागि डुङ्गामा राखिएको १७५ बोरा सेतो मटर बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए।
तस्करीका लागि तयार गरिएको मटरसहितका ६ डुङ्गा हनुमाननगर कङ्कालिनी-११ सखुवास्थित कोशीको स्पर छेउबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार एउटा बोरामा २५ किलो मटर छ। बरामद गरिएको मटरको मूल्य दुई लाख ४७ हजार ५०० रूपैयाँ बराबरको छ। बरामद गरिएका मटर कुनौली बेल्हीमा बुझाउने तयारी भइरहेको छ।
कोरवना महामारीका कारण सीमा नाका बन्द हुँदा तस्करहरूले सप्तकोशी नदीलाई तस्करीको बाटोका रूपमा प्रयोग गर्न थालेका छन्।
नेपालमा तेस्रो मुलुकबाट आयातीत मटरको तुलनामा प्रतिकिलो ५० रूपैयाँ कम पर्न थालेपछि भारततर्फ अवैध निर्यात बढेको हो। रासस
" /> सप्तरी। हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरूपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ तस्करीका लागि डुङ्गामा राखिएको १७५ बोरा सेतो मटर बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए।

">