काठमाडौं। नेपाल सरकारले ४ भदौमा एक दिनमा ५०० जना यात्रु मात्रै ल्याउन पाउने निर्णय गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोहीअनुसारको उडान तालिका बनाएर उद्धार उडान फेरि शुरू गरेको छ।
आजदेखि आठ दिनमा कुल १८ वटा उद्धार उडान हुने भएका छन्।
मन्त्रालयले तयार गरेको तालिका अनुसार आज युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाहबाट एअर अरेविया नेपाली यात्रु लिएर काठमाडौं आउँदै छ।
तर, शारजाहबाट कार्गो लिएर आएको एअर अरेवियाको जहाज भने आज दिउँसो २ः५७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको विमानस्थल कार्यालयले बताएको छ। यात्रु लिएर आउने जहाज भने साँझ ५ बजे आइपुग्नेछ।
मन्त्रालयले तयार पारेको उडान तालिका अनुसार नेपाली वायुसेवा कम्पनी नेपाल एअरलाइन्स र हिमालयन एअरलइन्सले पाँच–पाँच वटा उडानको अनुमति पाएका छन्। यस अवधिमा ६ वटा विदेशी एअरलाइन्सले काठमाडौंका लागि उद्धार उडान गर्नेछन्।
भदौ १० गते अवुधावीबाट इतिहाद एअरलाइन्स र दुवईबाट फ्लाई दुवईले यात्रु लिएर काठमाडौं आउने भएका छन्।
नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सले भने ११ भदौबाट मात्रै उद्धार उडान सुरू गर्ने भएका छन्।
११ भदौमा नेपाल एअरलाइन्सले रियादबाट र हिमालयन एअरलाइन्सले दमामबाट नेपालीहरू काठमाडौं ल्याउने छ। त्यसैदिन टर्किस एअरले इस्तानबुलबाट १०० जना यात्रु काठमाडौं ल्याउने छ। टर्किस एअरले भने युरोप र अमेरिकामा भएका नेपालीलाई पनि काठमाडौं ल्याउनेछ।
त्यसैगरी, १२ भदौमा भने नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्स मलेसियाको क्वालालम्पुर गएर फर्किने छन्। सोही दिन कतार एअरवेजले दोहाबाट १०० जना यात्रु काठमाडौं ल्याउने छ।
यी दुई दिन नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सले पुरै सीट क्षमतामा यात्रु ल्याउने भएको हुँदा दुई विदेशी एअरलाइन्सले सय जना मात्रै यात्रु लिएर काठमाडौं आउने भएका छन्।
१३ भदौमा भने सिल्क एअरले अस्ट्रेलियाबाट र कोरियन एअरले कोरियाबाट ल्यात्रु ल्याउनेछन्।
त्यसैगरी, १४ भदौमा पनि नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्स क्वालालम्पुर जाने उडान तालिका तय भएको छ। सोही दिन मालिन्दाे एअर पनि काठमाडौं आउने छ।
त्यसैगरी, १५ भदौमा नेपाल एअरलाइन्सले दुबई र हिमालयन एअरलाइन्सले आबुधावीबाट यात्रु काठमाडौं ल्याउने उडान तालिका तय भएको छ।
१६ भदौमा नेपाल एअरलाइन्सले कतारको दोहा र कुवेतबाट र हिमालयन एअरलाइन्सले कतारको दोहाका लागि उद्धार उडान गर्ने तय भएको छ।
यसरी हुने उद्धार उडानमा शतप्रतिशत पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र ल्याउन पाउनेछन्।
सरकारले बनाएको नियमअनुसार, एउटा उडानमा पीसीआर टेस्ट गरेको र नगरेको यात्रु मिसाएर ल्याउन पाउँदैनन्। त्यसरी मिसाएर यात्रु ल्याएमा सम्बन्धित एअरलाइन्सले आफ्नै खर्चमा सबै यात्रुलाई सात दिनसम्म होटल क्वारेन्टइनमा राख्नुपर्ने नियम बनाइएको छ।
त्यसैगरी, होटल क्वारेन्टइनमा बस्नुपर्ने यात्रुको हकमा कम्तीमा सात दिनको होटलको खर्च उठाउने र होटल भुक्तानी गर्ने जिम्मेवारी पनि सम्बन्धित एअरलाइन्सकै हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।
पीसीआर परीक्षणको सहज सुविधा नभएका मुलुकबाट पनि नेपालीहरू उद्धार उडानमा काठमाडौं आउन पाउनेछन्। तर, उनीहरू सरकारले तोकेको होटल क्वारेन्टाइनमा आफ्नै खर्चले अनिवार्य रूपमा बस्नुपर्ने छ।
काठमाडौंमा क्वारेन्टाइन अभाव भई यात्रुको व्यवस्थापनमा गम्भीर समस्या आउन थालेमा जुनसुकै बेला पनि उद्धार उडान स्थगित हुन सक्ने मन्त्रालयले बताएको छ।
यसरी उद्धार उडान अवधिमा नेपालबाट भने यात्रुहरू विदेशिन पाउँदैनन्। १६ भदौबाट सरकारले नियमित उडान खोल्ने भएकाले त्यसपछिका उडानमा मात्रै नेपालबाट यात्रुहरू विदेश जान पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।
" /> काठमाडौं। नेपाल सरकारले ४ भदौमा एक दिनमा ५०० जना यात्रु मात्रै ल्याउन पाउने निर्णय गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोहीअनुसारको उडान तालिका बनाएर उद्धार उडान फेरि शुरू गरेको छ।आजदेखि आठ दिनमा कुल १८ वटा उद्धार उडान हुने भएका छन्।

">