जीवन बीमा समूहले उचालेको सेयर बजारमा झण्डै २ अर्बको कारोबार
काठमाडौं। आज मंगलबार सेयर बजारमा ९ दशमलव ३४ अंकको सुधार आएको छ। हिजो २१ अंकले बढेको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से)मा आज पनि सुधार आएको हो।

१४३५ अंकबाट सुरु भएको नेप्से कारोबार खुलेदेखि नै उकालो लागरे ५ अंक बढेपछि ओरालो लाग्दै ७ अंकको गिरावट आएको थियो।

तर, फेरी निरन्तर सुधार हुँदै बन्द हुने समयमा ९ अंकले बढेर १४४० अंकमा पुगेर बन्द भएको हो।

नेप्सेमा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर बजारमा ३९ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेका अनुसार २ अर्ब १३ ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो।

आज जीवन बीमा समूहको सूचक १५१ अंकले बढेको छ भने निर्जिवन बीमा कम्पनीहरुको सूचक ३२ अंकले बढेको छ।

मंगलबार नेपाल रिइन्स्योरेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य प्रतिकिक्ता ४८ रुपैयाँले बढेको छ। कम्पनीको सेयर ७ दशमलव ६९ प्रतिशतले उकालो लागेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्