उत्पादन घटेको बहानामा उद्योगीले बढाए खानेतेलको मूल्य
काठमाडौं। उत्पादन घटेको भन्दै उद्योगीले खानेतेलको मूल्य बढाएका छन्। उद्योगीले सबैखाले खानेतेलको मूल्य प्रतिकार्टुन १० देखि १५ रुपैयाँले बढेको हो।

महामारीका कारण कर्मचारी उद्योगमा नगएको र उत्पादन घटेको कारण उद्योगीहरुले तेलको मूल्य बढाएको बताउनु परेको बताएका छन्।

यस्तै, महामारीमा कच्चा पदार्थको आयात सहज नहुँदा समेत मूल्य बढेको उनीहरुको भनाई छ। प्रतिकार्टुन १० देखि १५ रुपैयाँ मूल्य बढ्दा प्रतिलिटर ५ रुपैयाँसम्म मूल्य बढ्न सक्छ।

मूल्य बढेपछि भटमासको तेलको मूल्य प्रतिलिटर १५०/१६०, सुर्यमूखीको तेल १६०/१८० र तोरीको तेलको मूल्य २२५ रुपैयाँसम्म पुगेको छ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले उद्योगबाटै खानेतेलको मूल्य बढेर आएकाले बजारमा तेलको मूल्य बढेको बताए। उनले भने, “तर, ब्राण्ड अनुसार तेलेको मूल्य फरक पर्न आउँछ। धेरै चलेका र लोकप्रिय ब्राण्डले केही १० देखि २५ रुपैयाँसम्म महँगोमा तेल बेच्दै आएका छन्।”

खानेतेल उत्पादकहरूले कोरोनाका कारण उत्पादन घटेको र कच्चा पद्धार्थको अभाव भएकाले मूल्य बढाइएको जानकारी खुद्रा व्यापार संघलाई दिएको बताइएको छ।

यसअघि, बजारमा चिनीको मूल्य पनि बढेको थियो। व्यापारीले चिनीको अभाव बढेको कारण देखाउँदै प्रतिकिलो १५ रुपैयाँसम्म बढाएका थिए।

अहिले बजारमा चिनीको मूल्य प्रतिकिलो ९०/९५ रुपैयाँ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्